Connect with us
Kapilvast Forest

बलात्कार आरोपी मनोज पाण्डेले दिए ‘इन्कारी बयान’

२०७९, ११ जेष्ठ बुधबारमा प्रकाशित

 

 

काठमाडौं- शरीर बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका सुन्दरी प्रतियोगिता आयोजक मनोज पाण्डेसँग प्रहरी र सरकारी वकिल कार्यालयले बयान लिएको छ । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा काठमाडौँको एभरेस्ट होटलमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा उनलाई जेठ ७ मा प्रहरीले पक्राउ गरेको थियो ।

 

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र जिल्ला सरकारी वकिल कार्यालयका प्रतिनिधिले बुधवार पाण्डेसँग बयान लिएका हुन् । कपिलवस्तु घर भएका पाण्डेले २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता पछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौँको एभरेस्ट होटलमा बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

तर, पाण्डेले अनुसन्धान अधिकृत र सरकारी वलिकसँग सो आरोप अस्वीकार गरेका छन् । प्रहरीसँग उनले भनेका छन्–‘मलाई आरोप लगाएर भिडियो सार्वजनिक भएपछि प्रहरीमा हाजिर हुन खोजेको थिएँ, मैले केही पनि गरेको होइन ।’

पीडित युवतीले टिकटक युजर आईडी ‘सुसिखान जाने हो’बाट जेठ ४ मा करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएर भिडियो पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो ।

अनुसन्धानबाट ‘सक्सेस पार्टी’ भन्दा अघि बलात्कार गरेर घटना सामसुम पारेको थाहा भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले  बताए । प्रहरीले पाण्डेविरुद्ध शरीरबन्धक तथा मानव बेचबिखन विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

माल्भिकाले भनिन्–‘पीडितले मलाई घटना सुनाएकी हुन्’

पूर्व मिस नेपाल माल्भिका सुब्बासँग मंगलबार प्रहरीले घटनाबारे बयान लिएको छ । आफू प्रतियोगिताको कोरियोग्राफर रहेको र कार्यक्रम अवधिभर कसैले पनि दुर्व्यवहारको कुरा नगरेको सुब्बाले प्रहरीलाई बताएकी छिन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu