Connect with us
Kapilvast Forest

बागमती नदीमा डुबेर दुई पर्यटक बेपत्ता: एकको उद्धार

२०७९, १९ असार आईतवारमा प्रकाशित

रौतहटको पर्यटकीय क्षेत्र नुनथर आएका दुई भारतीय पर्यटक नदीमा डुबेर बेपत्ता भएका छन् । उनीहरुसँगै नदीमा फसेका एक जनाको भने उद्धार गरिएको छ । चन्द्रपुर नगरपालिका– १ बागमती नदी किनारमा अवस्थित पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतको सितामाढी कोटबजार बस्ने वर्ष २७ को सुमन साह, वर्ष ३० का मयक अग्रवाल र सोही उमेर समूहका गोलुकुमार शनिबार साँझ नदीमा पौडी खेल्ने क्रममा डुबेको प्रहरीले जनाएको छ ।

नदीमा डुबेका पर्यटक सुमनलाई स्थानीयबासीले तत्कालै उद्धार गरेको थियो । अन्य दुई पर्यटक अझैसम्म बेपत्ता भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक सन्तु जैसवारले जानकारी दिनुभयो ।

भारतीय नम्बर प्लेट बीआर०१एचएफ६६१९ नम्बरको कारमा घुम्न आएका ती पर्यटकलाई नदीमा पानीको बहाव र गहिराइको बारेमा जानकारी नहुँदा डुबेको उद्धार गरिएका पर्यटक सुमनले बताउनुभयो । उहाँको अवस्था सामान्य रहेको छ ।

यता घटनापछि इलाका प्रहरी चन्द्रनिगाहपुरको प्रहरीटोली खोजी कार्यमा जुटेको छ । आइतबार बिहानसम्म पनि बेपत्ता पर्यटक पत्ता लाग्न सकेको छैन । नुनथर पर्यटक संरक्षण समितिले आन्तरिक एवम् वाह्य पर्यटकसँग पर्यटकीय शुल्क लिने गरेको छ । तर समितिले खटाएको कर्मचारीको लापरवाहीले पनि नदी सम्बन्धि जानकारी नभएका पर्यटक नदीमा डुब्ने गरेको स्थानीयको आरोप छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu