Connect with us
Kapilvast Forest

२० जनाको क्षमता: ५४ जना कैदीबन्दी कोचाकोच

२०७९, १९ असार आईतवारमा प्रकाशित

जाजरकोट- जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा दुई गुणा बढी कैदीबन्दी राखिएपछि समस्या देखिएको छ । १५ जना पुरुष र ५ जना महिलाको क्षमता रहेको कारगारमा अहिले ५४ जना कैदीबन्दी रहेका छन् ।

नाईके कुशबहादुर महताराले कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी भएपछि विद्युत, खानेपानी, सुत्न र स्वास्थ्य उपचारमा समस्या हुने गरेकोे बताउनुभयो । उहाँले भन्नुभयो, कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी रहँदा सबै भन्दा बढी सुत्नका लागि समस्या हुने गरेको छ ।

जिल्ला कारागार जाजरकोटका जेलर चन्द्रबहादुर गिरीले जिल्ला कारगारमा अहिले ३५ जना कैदी र १९ जना थुनुवा गरी जम्मा ५४ जना कैदीबन्दी रहेको बताउनुभयो । पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्न समेत कारागार प्रशासनलाई समस्या भइरहेको जेलर गिरी भनाई छ । क्षमता भन्दा बढी कैदी बन्दी राखिएकोले पानी खान र नुहाउन समेत समस्या हुने गरेको उनीहरूको गुनासो छ ।

जिल्लामा रहेको कारागार जिर्ण भएपछि कैदी बन्दीहरूले बर्षाको समयमा राम्ररी सुत्न समेत नपाउने कैदी बन्दी दीर्घबहादुर नेपालीले बताउनुभयो । साथीहरुले आलोपाले गरेर सुत्नु पर्ने वाध्यता रहेको उनिहरुको गुनासो छ ।

यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले कारागारमा देखिएका समाधानका लागि पहल गर्ने बताउनुभयो । कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुदाँ समस्या भईरहेको छ, यसको समाधानका लागि जिल्ला प्रशासन कार्यालयले पहल गर्नेछ शाहीको भनाई छ ।

हरेक पटक आउने प्रमुख जिल्ला अधिकारी लगायत अन्य सरोकारवालाले पहल गर्ने वताउँदै आएता पनि हाल समस्या उस्तै रहेको कैदी बन्दीहरुको गुनासो रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu