Connect with us
Kapilvast Forest

धर्ममाथि गर्ने शासन अन्त्य भएको छ : प्रमुख दाहाल

२०७९, २६ असार आईतवारमा प्रकाशित

चितवन- भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक धर्मले अर्को धर्ममाथि गर्ने शासनको अन्त्य भएको बताउनुभएको छ । ईदुल अज्हा बकरइद २०७९ को अवसरमा आइतबार भरतपुर –१६ जामिया रौयद आबुल हसन आली नढबीले आयोजना गरको शुभकामना आदानप्रदान कार्यक्रममा मेयर दाहालले यस्तो बताउनुभयो ।

विगतमा धर्म मान्ने जनसङ्ख्याको आधारमा न्यून जनसङ्ख्या भएका धर्मावलम्बीलाई शासन गर्ने परिपाटी भएपनि अहिले त्यो अन्त्य भएको चर्चा गर्नुभयो
।यो सबै परिवर्तन जनयुद्धको जगमा स्थापना भएको संघीय गणतन्त्रको सुन्दर पक्ष रहेको नगरप्रमुख दाहालले दाबी गर्नुभयो ।

नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेसँगै सबै धर्मालम्बीहरुबीच धार्मिक सहिष्णुता कामय भई भाइचाराको सम्बन्ध स्थापित भएको उहाँको भनाइ ।
यहाँ धर्मको आधारमा सानो ठूलो कोही छैन, उहाँले भन्नुभयो, सबै धर्म मान्नेहरु समान हुन् ।

के हिन्दु, के बौद्ध, के मुस्लिम, के ईसाई ? सबै धर्मले दिने सन्देश एउटै हो । भरतपुर महानगरपालिकाले मुस्लिम समुदायको अध्ययन र पूजापाठका लागि मदरसा र मस्जिद निर्माणका लागि बर्षेनि बजेट विनियोजन गर्दै आइरहेको मेयर दाहालले बताउनुभयो ।

नेपाल बहुल भाषा, संस्कृति, धर्मको अनुपम स्थल हो, सबैले आफ्नो भाषा, संस्कृति, रीतिरिवाज स्वतन्त्र ढङ्गबाट मान्न पाउनुपर्ने उहाँले चर्चा गर्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu