Connect with us
Kapilvast Forest

हज कार्य शान्तिपुर्ण तवरले सम्पन्न गरेकोले साउदी सरकारलाई धन्यवाद: मौलाना मदनी

२०७९, २८ असार मंगलवारमा प्रकाशित

कपिलवस्तु– नेपालका मौलाना मुज्जिबुद्दिन मदनीले हज यात्रीको सुरक्षा तथा विशेष ब्यवस्थापन गरेकाले साउदी अरवियाका सरकार तथा त्यहाका राजा सलमान बिन अब्दुल अजिज आल:साउदलाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।

एकै स्थानमा १० लाख मुस्लिम हज यात्रुलाई रेखदेख शान्ती सुरक्षा गरेकाले त्यहाका राजा सलमान बिन अब्दुल अजिज आल:साउद र युवराज मोहम्मद विन सलमानलाई धन्यवाद ज्ञापन गर्नु भएको हो ।
सन २०२२ मा हज यात्रीलाई सहयोग गरेकाले सम्पुर्ण सेवक कर्मचारीलाई समेत मौलाना मदनीले धन्यवाद दिनु भयो ।
हाजीहरुलाई यात्राका लागि बस ब्यवस्थापन, खाना, बस्नाका लागि साउदी सरकारले सहयोग गरेको थियो ।
साउदिमा हाजिहरुका लागि निशुल्क औषधि उपचार तथा अपरेसन समेत हुने गरेको छ ।
प्रत्येक बर्ष साउदिमा हज गर्न गएका हाजिहरु विरामी भए रोग पहिचान गरि निशुल्क अपरेशन गरिने ब्यवस्था रहेको मौलाना मदनीले बताउनु भयो ।
यसभन्दा पहिले त्यहा राम्रो ब्यवस्थापन नभएकोले यात्रीले सास्ती भोग्नु परेको थियो । राजाले राम्रो ब्यवस्थापन गरेको मौलाना मदनीले बताउनु भयो ।

मौलाना मुज्जिबुद्दिन मदनीले ईस्लामिक ” ल”अध्ययन गर्न साउदि अरविया जानू भएको थियो । मौलान मदनी ४ बर्ष ईस्लाम सम्बन्धि ज्ञान हासिल गर्नु भएको हो । सन २००७ देखि सन २०१२ सम्म साउदी अरवियाको मदिनामा अध्ययन गर्नु भएको थियो ।

नेपालबाट हज गर्न जानु भएका हज यात्रीहरुले सफलता पुर्वक हज सम्पन्न गरि साउन १५ गतेसम्म नेपाल फर्किने छ्न ।
नेपालबाट यसबर्ष ५ सयभन्दा बढी हजयात्री हज गर्ने गएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu