Connect with us
Kapilvast Forest

चन्द्रौटा उबा संघको अधिवेशन ८ बर्ष पछी हुदैँ

२०७९, २२ श्रावण आईतवारमा प्रकाशित

कपिलवस्तु- चन्द्रौटा उद्योग वाणिज्य संघको १३ औं साधारण सभा एवं चौथो अधिबेशनको ८ बर्ष पछी हुने भएको छ । संघको साधारण सभा यहि साउन २८ गते गर्ने तयारी गरिएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अलि मियाँले बताउनु भयो ।

साधारण सभा र संघको भवन उद्घाटन एकै दिन गर्ने तयारी भएको बरिष्ठ उपाध्यक्ष इश्वरी पाण्डेले बताउनु भयो । साधारण सभा र अधिबेशनका लागि सबै तयारी भएको उहाँले बताउनु भयो । संघको अधिबेशनका साउन ३१ गते गर्ने तयारी भएको बरिष्ठ उपाध्यक्ष पाण्डेले बताउनु भयो ।

विविध कारणले समयमा नै हुन नसकेको अधिबेशन यस पटक भने हुने पूर्ण तयारी भएको संघका महासचिव नारायण भाट क्षेत्रीले बताउनु भयो । संघले चन्द्रौटाका क्षेत्रका व्यपारी व्यवसायीहरुको हकहितका लागि पैरबी गर्दै आइरहको छ । साधारण सभा र अधिबेशनका लागि स्थानिय २ सय ८३ जना व्यवसायिहरुले संघमा सदस्यता नविकरण गरेको महासचिव भाटले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu