Connect with us
Kapilvast Forest

डा. भट्टराईसँग अलग भए मदन राई

२०७९, २२ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं- ७ वर्षअघि नयाँ शक्ति पार्टी हुँदै डा. बाबुराम भट्टराईको साथ राजनीतिक यात्रा तय गरेका कृषि विज्ञ मदन राई राजनीतिबाट अलग्गिएका हुन् । डा. भट्टराईको नेतृत्वको नयाँ पार्टी नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिमा राई अटाएका थिएन् । शनिबार साँझ फेसबुकमा एक स्टाटस अद्यावधिक गर्दै राईले भट्टराईसँगको राजनीतिक यात्राबाट अलग भएको घोषणा गर्नु भएको थियो ।

म अलग भएँ, क्याडर पावरको राजनीति मलाई पीडापूर्ण थियो उनले लेख्नु भएको छ । लामो समय नेपाली कांग्रेसमा आवद्ध भएर राजनीति गरेका उनी उक्त पार्टी परित्याग गरी १६ वर्ष स्वतन्त्र बसेका थिए । २०७२ मा डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीको ३५ सदस्यीय कमिटीमा राई पनि थिए ।

पछिल्लो सात वर्षमा डा. भट्टराई शक्ति र मिसमास राजनीतितिर लागेपछि आफू सल्लाहमा नै अलग बसेको राईले स्पष्ट पारेका छन् । ७ वर्षमा हाम्रो टिमबाट मैले धेरै सिकें, सिकाएँ पनि । प्रयास पास भएन तर अभ्यास धेर भए, राम्रा भए उनले लेखेका छन् अरुलाई सहयोग गर्न धेरै काम लाग्ने पनि बताउनु भयो ।

उनले बाँकी जीवन ‘क्याडरलेस’, ‘पिपुलबेस’ र प्रत्यक्ष लोकतन्त्रको पक्षमा लाग्ने पछिल्लो पुस्तालाई समय, ज्ञान र धनले समर्पित भएर सघाउने उद्घोष गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu