Connect with us
Kapilvast Forest

विप्लव नेतृत्वको नेकपाको पूर्ण बैठक कपिलवस्तुमा जारी

२०७९, २२ श्रावण आईतवारमा प्रकाशित

विप्लव नेतृत्वको नेकपा को पूर्ण बैठक कपिलवस्तुको शिवगढीस्थित अञ्चलपुरमा बसिरहेको छ । साउन १६ गते ललितपुर जिल्ला अदालतबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २० जना नेता, कार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी भएपश्चात अञ्चलपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा पूर्ण बैठक बसेको हो ।

बैठकका लागि शनिवार नै नेताहरु शिवगढीमा जम्मा भएका छन् । बैठकमा महासचिव विप्लवसहित प्रकाण्ड, सन्तोष बुढामगर र ५७ जना केन्द्रीय समिति सदस्यहरुको सहभागिता रहेको श्रोतले जनाएको छ । बैठक भोलिसम्म चल्ने र एजेण्डाहरु माथि घनिभूत छलफल भए १ दिन लम्बिन सकिने बताइएको छ ।

बैठकमा मुख्य गरी अदालतले जारी गरेको पक्राउ पुर्जी,केपी ओली नेतृत्वको सरकारसंग भएको सम्झौताको पूर्ण कार्यान्वयन,आगामी रणनीति,मंसिर ४ गते घोषणा गरिएको निर्वाचनमा पार्टीको धारणा र सहभागिता तथा धर्मेन्द्र बास्तोला सहितका नेता, कार्यकर्तालाई कारवाही लगायतका एजेण्डा रहेको बताइएको छ । बैठकमा आइतबार महासचिव विप्लवले पार्टीको आगामी कार्यदिशा तथा वर्तमान अवस्थाबारे प्रतिवेदनसहित एजेन्डा प्रस्तुत गरेको श्रोतको भनाई छ । सहभागीहरुलाई खाने, बस्ने व्यवस्था केन्द्रीय कार्यालयमै गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu