Connect with us
Kapilvast Forest

भारतलाई ९ रनले हराउँदै अष्ट्रेलियाले जित्यो कमनवेल्थ स्वर्ण

२०७९, २३ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं- महिला क्रिकेटमा आफ्नो प्रभुत्व कायम राख्दै अस्ट्रेलियाले भारतमाथि ९ रनको रोमाञ्चक जितसहित कमनवेल्थ खेलकुदमा स्वर्ण जितेका छ । महिला एसेज, टी-२० र एक दिवसीय विश्वकपको उपाधि जितेयता अस्ट्रेलियाको यो लगातार चौथो ठूलो सफलता भएको हो ।

कुनै समय बेलायतको उपनिवेशबाट गुज्रिएका देशहरुबीचको खेलकुद प्रतिस्पर्धा कमनवेल्थ खेलकुद अहिले बेलायतकै बर्मिंघममा भइरहेको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६१ रनको योगफल बनाउँदा बेथ मूनीले ६१ रनको अर्धशतकीय योगदान गरेकी हुन् ।

जवाफमा भारतकी हरमप्रिक कौरले शानदार ६३ रन बनाए पनि उनी आउट भएपछि भारतले लगातार विकेट गुमाउँदा १५२ रनमा अलआउट भयो । घरेलु टोली इंग्ल्याण्डलाई पराजित गरी न्युजिल्याण्डले कांस्य पदक जितेको छ । पहिलोपल्ट कमनवेल्थ खेलकुदमा महिला क्रिकेटलाई समावेश गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu