Connect with us
Kapilvast Forest

जडीबुटी निकासीबाट १३ लाख राजस्व सङ्कलन

२०७९, २४ श्रावण मंगलवारमा प्रकाशित

बैतडी- जिल्लामा एक वर्षको अवधिमा जडीबुटी सङ्कलनबाट करिब रु १३ लाख राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९मा तीन लाख ५६ हजार ५५५ किलो जडीबुटी र खोटो निकासीबाट डिभिजन वन कार्यालयले करिब रु. १३ लाख राजस्व सङ्कलन गरिएको छ।

गत आर्थिक वर्षमा सल्लाको खोटो वनपैदावारलगायत जडीबुटी निकासीबाट रु. १० लाख २१ हजार र चमेलिया जलविद्युत आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत रु दुई लाख ११ हजार ७९० गरी १२ लाख ७० हजार ९८६ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष रिट्ठा, तेजपात, अमला, गुच्चेच्याउ, दालचिनी, पाखनवेदलगायत जडीबुटीका साथै दुई लाख २० हजार ६३० किलो खोटो जिल्लाबाट निकासी भएको उक्त वन कार्यालयले बताएको हो। जिल्लामा ३७२ ओटा सामुदायिक वनबाट सल्लाको खोटो सङ्कलन र जडीबुटी निकासी हुने गरेको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu