Connect with us
Kapilvast Forest

एमालेले राष्ट्रव्यापी तालमेल गर्दैन : प्रदीप ज्ञवाली

२०७९, २४ श्रावण मंगलवारमा प्रकाशित

नेकपा-  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीले राष्ट्रव्यापी रुपमा कुनैपनि दलसँग चुनावी तालमेल वा गठबन्धन नगर्ने बताउनु भयो ।

मंगलबार निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न पुगेका नेता ज्ञवालीले अहिले सत्तारुढ दलले गरेको गठबन्धन मुलुक र लोकतन्त्रका लागि अस्वस्थकर रहेको भन्दै एमाले त्यस्तो गठबन्धनको पक्षमा नरहेको जनाएका छन् ।

अहिले गठबन्धन बनेको छ त्यो लोकतन्त्रका लागि अस्वस्थकर छ । गठबन्धनमा संघीयता विरोधी दल पनि छन् । त्यस्तोमा जनताको स्वतन्त्र अभिमत प्रकट हुन सक्दैन ज्ञवालीले आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘एमालेलाई गठबन्धन आवस्यक छैन, जो कमजोर हुन्छ उसले मात्रै गठबन्धन गर्छ ।

त्यस्तै उनले स्थानीय तहमा कहिँकतै तालमेल हुनसक्ने कुरा सामान्य भएको बताए । ‘स्थानीयस्तरमा कहिँकतै तालमेल हुनसक्छ । त्यहाँ तालमेलका लागि खुला छ तर एमालेले राष्ट्रव्यापी तालमेल वा गठबन्धन गर्दैन’, नेता ज्ञवालीको बताएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu