Connect with us
Kapilvast Forest

आलु र मासुमा आत्मनिर्भर बन्दै ओखलढुङ्गा

२०७९, २५ श्रावण बुधबारमा प्रकाशित

ओखलढुङ्गा- आलु र मासुमा आत्मनिर्भर बन्दैगएको छ । जिल्लाको माथिल्लो क्षेत्रलाई समेटेर आलु र तल्लो भूभागमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जिल्लामा आलु र बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको थियो ।

सिद्धिचरण नगरपालिकाको वडा ५, ६, ७ मोलुङ गाउँपालिकाको वडा ६, ७, ८ खिजिदेम्बा गाउँपालिकाको वडा ६, ७, ८, ९ र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाको वडा ८, ९, १० र ११ आलु उत्पादन क्षेत्रलाई समेटेर करिब तीन वर्षदेखि आलु जोन कार्यक्रम सञ्चालनमा आएको छ । यसलाई आलु सुपरजोन बनाउने तयारी रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई ओखलढुङ्गाले जानकारी गरेको हो ।

गत वर्षदेखि ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा २, ३, ५, ६, ७, ८ र ९ त्यस्तै सुनकोशी गाउँपालिकाको वडा १, २ र ३, ४ लाई समेटेर बाख्रा जोन कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लालाई तरकारीका लागि आलु र मासुका लागि खशी बाख्राबाट आत्मनिर्भर बनाउने उद्देश्यले परियोजना मार्फत बाख्रा जोन कार्यक्रम लागु गरिएको सो कार्यालयले बताएको हो ।

आलु र बाख्रा जोन कार्यक्रम प्रभावकारी बनाउने विषयमा गृहकार्य भइरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाईका प्रमुख बरिष्ठ कृषि अधिकृत रोशन अधिकारीले बताएको हो। जिल्ला समन्वय समिति प्रमुख डिल्लीराम खनालको संयोजकत्वमा परियोजनाले सरोकारवालाको सहभागिता गराई हाल सञ्चालित जोन कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा अन्तरक्रिया गरिएको अधिकारीकोभन्नु भयो ।

यसैगरी, आर्थिक वर्ष २०७८–७९ मा भएका कामको समीक्षा समेत गरिएको अधिकारीले बताउनुभयो । बाख्रा जोन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न र कार्यक्रमको क्षेत्र विस्तारका लागि सिफारिस गर्ने निर्णय भएको छ । आलु जोन कार्यक्रमलाई आलु सुपरजोन बनाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय भएको कार्यालयले जनाएको छ । परियोजनामार्फत सोलुखुम्बुमा कीवी र स्याउ खेतीकालागि कार्यक्रम लागु भएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu