Connect with us
Kapilvast Forest

खेलकुद मन्त्री अथकद्वारा लमही क्रिकेट मैदानको अवलोकन

२०७९, २५ श्रावण बुधबारमा प्रकाशित

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले दाङको लमहीमा रहेको क्रिकेट मैदानको निरीक्षण गर्नुभएको छ । गृहजिल्ला पुग्नुभएका मन्त्री अथकले सोमबार निर्माणाधिन अवस्थामा रहेको क्रिकेट रङ्गशालाको अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा बन्त्री अथकले रङ्गशालाको बाँकी काम छिट्टै पुरा गर्न आवश्यक बजेट बिनियोजन गरीने बताउनुभयो । लमही क्रिकेट रङ्गशालालाई पश्चिम नेपालको महत्वपूर्ण खेल मैदानका रुपमा विकास गर्न सकिने बताउँदै मन्त्री अथकले पूर्वाधारका बाँकी कामको बारेमा समेत बताउनु भएको थियो ।

आफूले उक्त मैदानलाई उच्च प्राथमिकतामा राखेर हेरीरहेकाले मन्त्रालयले आवश्यक बजेट विनियोजन गर्नेमा ढुक्क हुन मन्त्री अथकले आश्वासन दिनुभएको छ । आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत उक्त मैदानमा महिला क्रिकेट प्रतियोगिता सञ्चालन गरीएको थियो । आठौं राष्ट्रिय प्रतियोगिताको दौरान रङ्गशालामा केही भौतिक पूर्वाधार निर्माण गरिए पनि प्याराफिट लगाएतका संरचना निर्माणको काम अझै बाँकी रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu