जसपा नेपालमा रहेको चौधरीको दाबी
दाङ -जनता समाजवादी पार्टी नेपालको लुम्बिनी प्रदेश सचिव लक्ष्मी चौधरीले आफु जसपा मै रहेको बताउनु भएको छ । जसपा नेपालका बरिष्ठ नेता तथा संघीय परिषद अध्यक्ष बाबुराम भटराई जसपाबाट अलग भई नेपाल समाजवादी पार्टी स्थापना गरेकाले कार्यकर्ताहरु पनि दुई भागमा बाडिएका छन ।
लक्ष्मी चौधरीलाई बाबुराम भटराईले स्थापन गरेको नेपाल समाजवादी पार्टीको केन्द्रिय सदस्यमा मनोनित गरेकोले चौधरी एक प्रेस विज्ञप्ती जारी आफु जनता समाजवादी पार्टी नेपालमै रहेको जानकारी दिनुभएको छ ।
मेरो सहमती विना नेसपामा नाम समावेश गरेकोले संस्थापन पक्ष जसपा नेपाल मै रहेको लक्ष्मी चौधरीद्धारा हस्तक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

