Connect with us
Kapilvast Forest

प्रहरी कसैको प्रभावमा पर्दैन : आईजीपी सिंह

२०७९, २७ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं- नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले नेपाल प्रहरीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र र निष्पक्षरुपमा सम्पन्न गराउने बताएका छन् । कार्यकालको १०० दिन पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘हाम्रा लागि सबै राजनीतिक दल एकै हुन्, सबैलाई निष्पक्ष व्यवहार गर्छौं ।’

गठबन्धन बनाएर सत्तारुढ दलहरु निर्वाचनमा जाँदै गर्दा प्रहरीको भूमिका स्वतन्त्र हुन्छ कि हुँदैन भन्ने प्रश्नमा जवाफ दिँदै उनले नेपाल प्रहरी स्थानीय तह निर्वाचन पनि स्वतन्त्र र शान्तिपूर्णरुपमा सम्पन्न गराएको बताए ।

‘स्थानीय निर्वाचनमा ८४ वटा मावनअधिकारवादी संस्था लगायतले अनुगमन गर्दा पनि चुनाव निष्पक्ष र विश्वसनीय भयो भनेका छन्’ उनले भने, ‘मेरो मातहतका प्रहरी अधिकृतहरु व्यवसायिक र निडर छन्, प्रहरी कहिल्यै कसैको प्रभावमा पर्दैन ।’

अर्थमन्त्री जनार्दन शर्माको सीसी टीभी फुटेज प्रकरणमा ब्लर भिडियो पठाइएको सन्दर्भमा चाहिँ उनले आफू प्राविधिक नभएकाले त्यसको जवाफ दिन नसक्ने बताए । प्रहरीको सरुवा बढुवाको हकमा विगतमा अन्यायमा परेकाहरुलाई न्याय दिँदा वरियतामा तलमाथि भए जस्तो देखिएको बताए ।

उनले भने, ‘यो अवधिमा गल्ती गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइएको छ, अन्याय भएकालाई न्याय दिइएको छ ।’ हाल मिटरब्याजबाट पीडितहरुले गरिरहेको आन्दोलनको सन्दर्भमा चाहिँ उनले प्रहरी इकाइमा निवेदन दिए न्याय पाइने बताए ।

‘अहिले काठमाडौं प्रहरी प्रमुख र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख गएर उहाँहरुसँग कुरा गर्नुभएको छ’ सिंहले भने, ‘आधा जति समस्या हल भइसकेको छ, मिटरब्याजविरुद्ध शून्य शहलशीलतामा प्रहरीले कारबाही गर्छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu