Connect with us
Kapilvast Forest

लुम्बिनीमा गठबन्धन मजबुत ढंगले अघि बढ्ने निर्णय

२०७९, २७ श्रावण शुक्रबारमा प्रकाशित

बुटवल- सत्तारुढ गठबन्धनले लुम्बिनी प्रदेशमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा अझ मजबुत ढंगले लैजाने निर्णय गरेको छ ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश पार्टी कार्याल तामनगर बुटवलमा आज बसेको संयुक्त गठबन्धनको बैठकले विभिन्न कमजोरी बाबजुद स्थानीय निर्वाचनमा सफल भएको निष्कर्ष निकाल्दै प्रतिनिधि सभा र प्रदेश सभा बैठकलाई अझै मजबुत बनाएर लैजाने निर्णय भएको जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।


गठबन्धनको तर्फबाट साझा उम्मेदवार तयार गर्न आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिपोर्ट तयार गरेर पुनः बैठक बस्ने निर्णय भएको छ । बैठकले गठबन्धनको तर्फबाट केन्द्रको निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,“स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुन : क्रियाशील बनाई बैठक र अन्तरक्रिया अगाडी बढाउने निर्णय गरियो ।”

जारी विज्ञप्तिमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव, नेकपा(एकीकृत. समाजवादी) लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बद्रे आलमले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu