Connect with us
Kapilvast Forest

श्रीलंकालाई ६-० ले हराउँदै नेपाल सेमिफाइनलमा

२०७९, २७ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं – नेपाल छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा सोमबार साँझ भएको समूह चरणको अन्तिम तथा दोस्रो खेलमा पाहुना टोली श्रीलंकालाई ६–० गोलले हराउँदै नेपालले अन्तिम चारमा स्थान बनाएको हो ।

जितसँगै दुई खेलबाट ६ अंक बनाएको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा भुटानलाई ४–० गोलले पराजित गरेको थियो । हार सँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘बी’ बाट नेपालसँगै समूह उपविजेताको रुपमा भुटानले पनि सेमिफाइनलमा स्थान बनाएको छ । एकपक्षीय खेलमा पहिलो हाफमा चार गोल गरेको नेपालले दोस्रो हाफमा दुई गोल थपेको थियो । नेपालको जितमा अमिषा कार्कीले दुई गोल गर्नुभयो । रश्मी कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गर्नुभयो ।

सात टोली सहभागी प्रतियोगितामा समूह ‘ए’ बाट भारत र बंगलादेशले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने च्याम्पियनसिपबाट बाहिरिसकेको छ । अब भारत र बंगलादेशबीचको खेलपछि आउने नतिजाले नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu