Connect with us
Kapilvast Forest

लेवान्डोस्कीको दुई गोलमा बार्सिलोनाको जित

२०७९, २ आश्विन आईतवारमा प्रकाशित

एजेन्सी – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एल्केमाथि ३–० गोल अन्तरको जित हात पारेको छ।

शनिबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा रोबर्ट लेवान्डोस्कीले खेलको ३४ औं र ४८ औं मिनेटमा दुई गोल गरेका थिए।

त्यस्तै खेलको ४१ औं मिनेटमा मेम्फिस डिपेले एक गोल गरेका थिए।

यससँगै लिगमा बार्सिलोनाले ६ खेलबाट १६ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको रियल मड्रिडले ५ खेलमा शत प्रतिशत जित हात पार्दै १५ अंक जोडेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu