Connect with us
Kapilvast Forest

दुई लाख ४६ हजार कर्मचारी आवश्यक

२०७९, ३ आश्विन सोमबारमा प्रकाशित

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि करिब दुई लाख ४६ हजार निजामती कर्मचारी आवश्यक पर्ने आयोगले जनाएको छ। यो सङ्ख्या गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा करिब ५० हजारले बढी हो। सरकारले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक कर्मचारी पूर्ति गर्न कुनै समस्या नभएको जनाएको छ।

मन्त्रालयका सहसचिव रघुराम विष्टले आयोगलाई आवश्यक कर्मचारी आयोगले माग गर्नेबित्तिकै पठाउन सकिने बताउनुभयो। उहाँका अनुसार जिल्ला निर्वाचन कार्यालयमार्फत आयोगलाई आवश्यक पर्ने कर्मचारीको नाम आयोग पठाइने र सो सङ्ख्याबाट पनि अपुग भएमा थप जत्ति आवश्यक हुन्छ ती कर्मचारी सरकारले आयोगलाई उपलब्ध गराउनेछ।

निर्वाचन राष्ट्रिय पर्व भएकाले आयोगले माग गरेपछि कर्मचारीले निर्वाचनमा सहयोग गर्नुपर्ने कर्मचारीको दायित्व हुने मन्त्रालयले स्पष्ट पारेको छ। मन्त्रालयले भने अहिलेसम्म आयोगले प्रशासन विज्ञ, आईटी र कानुनका आवश्यक कर्मचारी माग गरेको र आयोगले भनेअनुसार कर्मचारी मन्त्रालयले उपलब्ध गराएको विष्टले बताउनुभयो।

आयोगलाई आवश्यक परे सङ्घीय कर्मचारी मात्र नभई प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी पनि खटाउने सकिने कानुनी व्यवस्था छ। त्यसबाट पनि कर्मचारी नपुगे शिक्षकलाई समेत निर्वाचनमा खटाउन सकिने व्यवस्था छ। निर्वाचन आयोगका अनुसार यस पटक देशभर मतदान केन्द्र र स्थल स्थानीय तहको निर्वाचनभन्दा बढेकाले कर्मचारीको सङ्ख्या बढी आवश्यक पर्ने जनाइएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu