Connect with us
Kapilvast Forest

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार भने ७२ करोडमा रोकियो

२०७९, ५ आश्विन बुधबारमा प्रकाशित

लामो समयसम्मको अन्तरालपछि बुधबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ११.२२ अंकले वृद्धि हुँदै १८४८.८२ अंकमा उक्लिएको हो ।

अघिल्लो दिन यस्तो सूचक ३८.८१ अंकले घट्दै १८३७.६० अंकमा झरेको थियो । तर, आज ११ अंकले नेप्से बढेपनि कारोबार भने थप खुम्चिन पुगेको छ । ११.२२ अंकले बढेको बजारमा आज जम्मा ७२ करोड १२ लाख ५९ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ । अघिल्लो दिन ३८ अंकले घटेको बजारमा १ अर्ब २२ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड बाहेकका सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.७९ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंकको १.३८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक १.१५ प्रतिशतले र होटल तथा पर्यटन समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ ।

अन्य समूहको उपसूचक भने १ प्रतिशत भन्दा कम अंकले बढेका छन् । आज सामलिङ पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने वियन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ३.६३ प्रतिशत गिरावट आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu