Connect with us
Kapilvast Forest

बुवाआमाकाे सपना पूरा गर्न जिल्लामै खाेले पाेलिक्लिनिक

२०७९, ५ आश्विन बुधबारमा प्रकाशित

बिमल प्रसाद पाेख्रेल
प्युठान- प्युठानकाे झिमुरुक गाउँपालिका वाड न.६ निवासी निमानसिङ जि सि र उनकाेश्रीमति तारा जि सिकाे काेखबाट दुई छाेरि र चार छाेरा जन्मिएका थिए।
शिक्षण पेसाबाट अबकास पाएका निमानसिङ गाउलेकाे सेबामा दिन रात खटिने गर्थे उनी गएकाे स्थानिय निर्बाचन २०७४ सालमा झिमरुक गाउपालिका वडा नम्बर छ काे वडा अध्यक्ष समेत भए। गाउमा जाेकहि बिरामि पर्दा गाउलेले उपचारमा निकै सास्ति खेप्नु पर्थ्याे।
गाउलेकाे पीडा र अहिलेकाे आबश्यक्ता स्वास्थ्य नै हाे भनी उनका दुई छाेरा माईलाे सुवास जि सि र साईलाे प्रकाश जि सिलाई डाक्टर बनाउने सपना निमानसिङले छाेराहरु स्कुलमै पढ्दा सुनाएकाे गउकाले बताउछन।
“उदेश्य एक लिनु उडि छुनु चन्द्रमा” भनेझैं उनका दुबै छाेरा अहिले डाक्टर बने डा. सुवास जि सी जनरल फिजियशन हुन भने भाइ डा. प्रकाश जि सी मेडिकल अधिकृत हुन।
दुबै दाजुभाइ मिलेर कराेडाैकाे लगानिमा प्युठान जिल्लाकाे मध्यबिन्दु बिजुवारमा निमतारा पाेलिकिल्निक प्रा. लि. संचालनमा ल्याएकाछन आज एक कार्यक्रमकाबिच औपचारिक रुपमा लुम्बिनी प्रदेशका सभासद तथा पुर्ब शहरिबिकास मन्त्री हरि रिजाल, सांसद तारा जि सी, जिल्ला समन्वय प्रमुख धरम ब. जि सी र उनका आमाबुबाले सयुक्तरुमा रिवनकाटेर उद्घाटन गरेका हुन।
उद्घाटन प्रश्चात स्वास्थ्य परिक्षण गराउदै उतिथिहरुले बुवाआमाकाे सपना पूरा गरि जिल्ला बासिकाे स्वास्थ्य सेबामा खटिनलागेकाेमा बधाई तथा सफल ब्यबसायकाे शुभकामना ब्यक्त गरेका छन।
आजकल पढेलेखेका मानिसहरु प्राय शहर केन्द्रित वा बिदेश जानेको संख्या दिन प्रतिदिन बढ्दै गैइरहेको अवस्थामा दाजुभाइले आफ्नो सिप र दक्षतालाई स्थानीय स्तरमै बसेर सेवा गर्ने सोच बनाएको डा. सुवास जि सी ले बताए ।
उहाले आर्थिक लाभ भन्दा पनि ग्रामीण भेगका जनाताको सहजसेवाका लागि जिल्लामै बसेर सेवा दिन लागेको जि सि को भनाइ छ।
उनले संचालनमा लिएकाे निमतारा पोलिकिल्निक प्रालिबाट दैनिक बिरामी चेकजाँच,जनरल फिजियशन सेवा,भिडियो एक्सरे सेवा,फार्मेसी सेवा,हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा र महिला तथा प्रसुतीरोग विशेषज्ञ सेवा दिने डा. प्रकाश जि सीले जानकारी दिनु भएको छ। डाक्टर जि सिका जेठाे दाजु ठेक्का पट्टा गर्छन भने कान्छाे भाइ अध्ययनका लागि अमेरिका गएका छन उनकि जेठि दिदी शिक्षक पेशामा आबद्ध छिन भने कान्छि बहिनिले स्टाप नर्स छिन।
आफुले गरेकाे लगानि र छाेराछाेरिकाे प्रगति देख्दा बुवाआमा खुसिले हर्षित छन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu