Connect with us
Kapilvast Forest

दुधाधारी नमुना विद्यालयमा चोरी, विद्यालयको सुरक्षा माथि प्रश्न

२०७९, ६ आश्विन बिहीबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तुको बिजयनगर गाउँपालिका गुगौलीको दुधधारी माध्यमिक बिद्यालयमा चोरी भएको छ । बिद्यालय प्रशासनका अनुसार असोज ४ गते रातिको समयमा विद्यालयमा चोरी भएको हो ।

बिद्यालयका प्रधानाध्यपक सुग्रीम कोरिका अनुसार विद्यालयमा भएको नगद ६० हजार चोरी भएको हो । विद्यालयले पुराना पुस्तक बेचेको पैसा र कक्षा १२ को फारम भरेको पैसा चोरी भएको प्रधानाध्यपक कोरिले बताउनु भयो ।

विद्यालयमा चोरी भए पछि प्रहरीलाई खबर गरे पछि इलाका प्रहरी कार्यालय गणेशपुरले अनुसन्धान गरिरहेको कोरिले बताए । विद्यालयमा चोरी भएको घटनाले बिद्यार्थीहरु त्राशित भएका छन ।

विद्यालय प्रशासनको सुरक्षा र ब्यबस्थापन समिती माथी स्थानिले प्रश्न खडा गरेका छन । के कति कारणले चोरी भएको हो भन्दै स्थानियले अनुसन्धान गर्न माग गरेको छन ।

विद्यालयमा भएको चोरीबारे अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu