Connect with us
Kapilvast Forest

विद्युत प्रसारणका लागि जाइकाले १६ अर्ब दिने

२०७९, ७ आश्विन शुक्रबारमा प्रकाशित

काठमाडौँ- काठमाडौँ र पोखराको विद्युत् वितरण तथा प्रसारण पूर्वाधार निर्माणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १४ अर्ब २० करोड रुपियाँ बराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । यसैगरी जाइकाले पूर्वी नेपालको चन्द्रनहर पुनस्र्थापना गर्न दुई अर्ब रुपियाँ अनुदानसमेत उपलब्ध गराउने भएको छ ।

बुधबार अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र जाइका नेपालका प्रमुख प्रतिनिधि ओकुबो अकिमित्सुले यससम्बन्धी छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । जाइकाको सहुलियतपूर्ण ऋणबाट नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताका पाँचवटा नयाँ सबस्टेसन र १५ किलोमिटरभन्दा बढी १३२ केभी प्रसारण लाइनलाई भूमिगत गर्नेछ ।

पूर्वाधार विस्तारअन्तर्गत काठमाडौँ उपत्यकाको थापाथली, महाराजगञ्ज, नारायणहिटी दरबार क्षेत्र तथा सिरुटार र पोखराको बिरौटामा १३२÷११ केभीका सबस्टेसन निर्माण गरिने प्राधिकरणले जनाएको छ । आयोजनाको कार्यान्वयनबाट काठमाडौँ र पोखरालगायतका सहरमा चुहावट घट्ने, वितरण प्रणालीको क्षमता विस्तार हुने, विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका नेपाल विद्युत् प्राधिकरणले प्राप्त गर्ने उक्त सहुलियतपूर्ण ऋणको ब्याजदर ०.०१ प्रतिशत रहने र ३० वर्षको भुक्तानीसहित १० वर्षको ग्रेस अवधि रहेको छ ।

यसैगरी जाइकाको सहयोग रकमले मर्मत भएपछि चन्द्रनहर ११ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउनेछ भने ३५ हजार परिवार लाभान्वित हुने आकलन छ । वि.सं. १९७४ मा बेलायती इन्जिनियरले बनाएको सो नहर सामयिक मर्मत नहुँदा जीर्ण बनेको छ । जाइकाका अनुसार सो साहायताबाट सो नहरको पुनस्र्थापना र क्षमता वृद्धिसमेत गरिनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu