Connect with us
Kapilvast Forest

मेयर कलामको कामले बृद्धाहरु संसार देख्न पाए

२०७९, ७ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु– कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको आयोजना र छन्द कालेबाबु नारायनी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर संचालन गरिएको छ ।

महाराजगन्ज नगरपालिकाको वडा नं १ महाराजगंजमा संचालित फलहारी बाबा बहुमुखी क्याम्पसमा शिबिर संचालन गरिएको छ । आज संचालित पहिलो दिनको शिविरमा महिला ३ सय ५९ र पुरुष २ सय ९४ गरि ६ सय ५३ जनाले आँखा चेकजाँच गराएको महाराजगन्ज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

शिविरमा १०० जना भन्दा बढीको मोतिया बिन्दुको अपरेसन गर्नुपर्ने बिरामी छनोट भएको नगर प्रमुख कलामले बताउनु भयो । मोतिया हाल सम्म ७५ जनाको अप्रेसन भइ सकेको र अप्रेशन गर्ने काम जारी रहेको र अप्रेशन गरिने बिरामीहरुलाई कालो चस्मा समेत बितरण गरि मात्रै घर पठाईने नगर प्रमुख कलामले बताउनु भयो ।

नगरवासीहरुलाई घर आगनमै सेवा उपलब्ध गराउने उद्देश्यले महाराजगन्ज नगरपालिकाले प्रत्येक बर्ष नगरपालिकाका नागरिकहरुका लागि निशुल्क आँखा शिविर सन्चालन गर्दै आएको नगर प्रमुख कलामले बताउनु भयो । महाराजगंजमा संचालित शिबिरमा छिमेकी नगरपालिकाहरुको नगरवासीहरुले समेत सेवा लिएको र २०७९ असोज ०७ र ८ गते सम्म संचालन हुने नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।

महाराजगन्ज नगरपालिका भित्र रहेको आखाको बिरामीहरुको समस्या समाधान गर्न महाराजगन्ज नगरपालिकाले प्रत्येक बर्ष नि: शुल्क आखा शिबिर संचालन गर्दै आएको नगर उप प्रमुख रीता कुमारी कुर्मीले बताउनु भयो ।

महाराजगंज नगरपालिका वडा न १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता प्रमोद कुमार चौधरी बृद्धबृद्धा र बिपन्नलाई लक्षित गरी नगरपालिका भित्रै सो सेवा दिएको बताए । ‘ नगरबासीहरुलाई गरेको प्रतिबद्धता अनुसार नगरपालिकाले काम गरि रहेको, ’ उनले भने, यस्तै शिबिरमा आखाको अप्रैशन गराएका बिरामीहरुले आखा देख्ने भए पछि फेरी नया जीवन पाएको अनुभुति भएको बताए ।


Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu