Connect with us
Kapilvast Forest

रवीन्द्र मिश्र आज राप्रपामा समाहित हुँदै

२०७९, १२ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं- रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा समाहित हुँदै छन् । आज दिउँसो १ बजे राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना कार्यक्रममा मिश्र नेतृत्वको समूह राप्रपामा समाहित हुन लागेको हो ।

राप्रपाले र मिश्रले भने यसलाई ‘एकता’को कार्यक्रम भनेका छन् । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिए ।

मिश्रले राप्रपाको कुन पद पाउने भन्ने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन । तर उनी तेस्रो वरियतामा रहने बताइन्छ । मिश्रले सामाजिक सन्जालमार्फत् केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुने र तहगत मिलानका लागि एउटा समिति पनि बन्ने बताएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu