Connect with us
Kapilvast Forest

सिमानामा सचेतना फैलाउदैँ उद्योग बाणिज्य संघ

२०७९, १४ आश्विन शुक्रबारमा प्रकाशित

कपिलवस्तु- कपिलवस्तु जिल्लामा रहेका उद्योग वाणिज्य संगहरुले संयुक्त रुपमा उपभोक्ता सचेतना कार्यक्रम गरेका छन । चाडपर्वको अवसरमा उपभोत्ताहरु नेपाली बजार भन्दा भारतिय बजारमा आकृषित हुने किनमेलका लागि नजिकैको भारतिय बजार जाने हुदाँ चन्द्रौटा उद्योग वाणिज्य संघ, कपिलवस्तु उद्योग वाणिज्य संघ र बुद्धभूमि उद्योग वाणिज्य संघले जिल्लाको कृष्णनगर बजारमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा भारतिय बजार बढनीबाट किनमेल गरि फर्किएका उपभोत्ताहरुलाई नेपाली बजारमा नै किनमेल गर्न र नेपाली व्यवसायिलाई टेवा पुराउन अनुरोध गरिएको थियो । कार्यक्रममा उपभोत्ताहरुलाई नेपाली बजारमा पनि उहि मूल्यमा त्यहि सामान अझ गुणस्तरिय पाइने हुदाँ नेपाली बजारबाट नै खरिद गर्न उपभोक्तालाई आग्रह गरिएको थियो ।

स्वेदशी उत्पादनको प्रयोग गरौ , राजश्व चुहावट रोकौं भन्ने नारा सहितको कार्यक्रममा भारतिय बजारमा नेपाली उपभोक्ताको बढ्दो आर्कषणका कारण नेपाली बजारका व्यवसायि पलायन हुने अवस्था सिर्जना भएकोले सचेतना कार्यक्रम गरिएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले बताउनु भयो । उपभोक्ताले भारतिय बजारमा चिनी केहि सहुलित मूल्यमा पाउने भए पनि अन्य उपभोग्य सामाग्री भारतिय बजार भन्दा नेपाली बजारमा नै सस्तो पाइने भएकोले नेपाली बजारमा नै उपभोक्ताले खरिद गर्नु पर्ने पाण्डेले बताउनु भयो ।

नेपाली बजारमा भन्दा सस्तो समान पाइने प्रलोभनमा नेपालीहरु भारतिय बजारमा किनमेल गर्न जाने गरेको र गुणस्तरहिन समान प्रयोग गरेकोले उपभोक्तालाई सचेत गरान कार्यक्रम संचालन गरिएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले बताउनु भयो ।

जिल्लाको भारत संग जोडिएको ठूलो नाका कृष्णनगर हुदै दैनिक हजारौ उपभोक्ताले भारतिय बजार सिद्र्धाथनगर बढनीबाट दैनिक उपभोग्य सामाग्री खरिद गर्दा नेपाली बजार भने सुनसान रहेको छ । चाडपर्वको समयमा स्थानिय उपभोक्ताले स्थानिय नेपाली बजारबाटै किनमेल गरि स्वदेशी उत्पादन नै प्रयोग गर्ने हो भने नेपाली पैसा विदेश जानबाट रोकिने थियो कि ?

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu