Connect with us
Kapilvast Forest

कपिलवस्तुको झाडापखाल प्रभावित क्षेत्रमै छैन जीवनजल

२०७९, १५ आश्विन शनिबारमा प्रकाशित

सनिउल्ला धोबी
कपिलवस्तु—२०७८ सालको मंसिर १८ गते झाडापखालको प्रकोप फैलिएको कपिलवस्तुको कृष्णनगरमा यति बेला जिवनजल (ओआरएस) को आभाव भएको छ । गत बर्ष असोज मै फैलिएको झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा दुई जनाको मृत्यु भएको थियो । कृष्णनगर नगरपालिका–८ का ४५ वर्षीय बब्लु केवट र वडा नम्बर ९ का चार वर्षीय बालकको झाडापखालबाट मृत्यु भएको थियो ।

कृष्णनगरको बहादुरगंजमा रहेको शिवराज अस्पतालमा आएका विरामीहरु झाडापखालको औषधी नपाएको गुनासो गरेका छन । नाम नबताउने शर्तमा उपचार गराउन आएका विरामीहरुले भने “हामीलाई निजि स्वास्थ्य संस्थाबाट औषधी किन्नु परको छ ।”

कृष्णनगर नगरपालिकाको स्वास्थ्य संस्थाहरुमा यतिबेला झाडापखालको औषधी सकिएको स्वास्थ्य संयोजक शंकर भटराईले बताउनु भयो । औषधी खरिदको लागि प्रक्रिया अघी बढेको एक, डेढ महिनामा झाडापखालको औषधी आउने स्वास्थ्य संयोजक भटराईले जानकारी दिनुभयो ।झाडापखालको विरामीलाई के दिएर पठाउनु भएको भन्ने प्रश्नमा भटराईले भन्नुभयो “अहिले निजि क्लिीनकबाट विरामीले आफै किनेर लग्नुभएको छ ।”

कृष्णनगरका स्थानीय शम्भु गुप्ता भन्नुहुन्छ “यस बर्ष पनि झाडापखाल फैलिदैन भन्न सकिदैन तर पालिकाले जिवनजल जस्तो औषधी राख्नु पर्ने हो तर अहिले सकिएको छ ।” विरामीहरु निजि क्लिीनिकबाट खरिद गर्नु पर्ने बध्यता रहेको गुप्ताले बताउनुभयो ।
झाडापखालले गत बर्ष १ सय जना भन्दा बढी प्रभावित भएका थिए । नगरपालिकाले पुर्व तयारी गर्नु पर्ने स्थानिय बद््रे आलमले शाहले बताउनुभयो । नगरपालिको स्वास्थ्य तर्फ विशेष ध्यान दिनुपर्ने बदरे आलाम शाहले बताउनुभयो

गत बर्ष दूषित पानीका कारण झाडापखाला फैलिएको स्वास्थ्य मन्त्रालयको टोली जानकारी दिएको थियो । नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा झाडापखाला लाग्ने बिरामीको संख्या ह्वात्तै बढेको थियो ।
झाडापखाल लागे समयमै जीवन जल (ओआरएस) झोल खाए बिरामी बेहोस हुनबाट जोगिन्छ । बढी दायाँबायाँ नलागी, जति मात्रामा पखाला भएको छ, ठीक त्यही मात्रा बराबर ओआरएस घोल खानका लागि चिकित्सकहरुले सुझाव समेत दिन्छन ।

सन्जीवनी सामुदायिक अस्पताल चन्द्रौटाका व्यवस्थापक वाईपि पौडेल भन्नुहुन्छ “के तपाईंलाई वान्ता नहुने गरी झाडापखाला वा हैजाको समस्या देखिएको छ, छ भने, यसको उपचार एउटा मात्रै हुन्छ जिवन जल ।”
जीवनरक्षक झोल भनिने ओआरएस झाडापखाला र हैजाको उपचारका लागि अमृत जल भएको स्वास्थ्यकर्मी पौडेले बताउनुभयो । उहाले झाडापखाल लगेको विरामीले झाडापखाला, हैजा देखिनासाथ यसको एक नम्बर औषधि जिवन जल खाए ज्यान जोखिममा नपर्ने स्वास्थ्यकर्मी पौडेलले बताउनुभयो ।

झाडापखालाले हुने गम्भीर खतरा शरीरमा पानीको कमी अर्थात् निर्जलीकरण हो । पखाला लाग्दा पानी र सोडियम, क्लोराइड, पोटेसियम, बायोकार्बोनेट जस्ता इलेक्ट्रोलाइटहरू शरीरबाट पानी जस्तो पखाला, पसिना, वान्ता पिसाब र श्वासप्रश्वासका माध्यमले बाहिर निस्किन्छन । डब्लूएचओका अनुसार शरीरबाट गुम्ने यस्ता कुराहरूको पुनः भर्पाइ नगरिए पानीको कमी भएर व्यक्तिविशेषको मृत्युसम्म हुन सक्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu