Connect with us
Kapilvast Forest

विवेकशील साझा लुम्बिनीमा सामूहिक राजीनामा

२०७९, १६ आश्विन आईतवारमा प्रकाशित

विवेकशील साझा पार्टीको लुम्बिनी प्रदेश समितिका पदाधिकारीसहित अधिकांशले सामूहिक राजनामा दिएका छन् । तत्कालिन अध्यक्ष रवीन्द्र मिश्र हालै राप्रपा प्रवेश गरेसँगै उनीहरुले सामूहिक राजीनामा दिएका हुन् । समितिले लुम्बिनी प्रदेशका जिल्ला, गाउँ, नगर लगायत सबै समिति खारेज गरेको पनि उल्लेख गरेको छ ।

पूर्व अध्यक्ष मिश्रले पार्टी परित्याग गरेपछि पार्टीका नेताहरुले छलफल नै नगरी ‘विचार भन्दा माथि देश’ दस्तावेज खारेज गरेकोप्रति असहमति जनाउँदै सामूहिक राजीनामा गरिएको पार्टीका लुम्बिनी प्रवक्ता केशवराज खनालले बताए ।

प्रदेश समिति संयोजक अनुपमान सैंजु, संगठन विभाग प्रमुख मधुसुदन केसी, प्रवक्ता केशवराज खनाल, कोषाध्यक्ष डा. अमित केसी लगायत ३१ जनाले राजीनामा दिएका छन् । राजीनामा दिएकामध्ये अधिकांश राप्रपामा जाने तयारीमा रहेको एक पदाधिकारीले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu