Connect with us
Kapilvast Forest

सय बर्ष पुरानो कर्णेश्वरी मन्दिरमा भक्तजनको भिड

२०७९, १७ आश्विन सोमबारमा प्रकाशित

कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको कर्णेश्वरी मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । एक सय बर्ष पुरानो मन्दिरको रुपमा रहेको कर्णेश्वरी मन्दिरमा दशै लागेसंगै भक्तजनको चहलपहल बढेको स्थानिय समाजसेवी विजय जयसवालले बताउनुभयो ।

कर्णश्वरी मन्दिरमा भक्तजनहरुले आफुले भाकल गरेको पुराभएपछी भक्तजनको घुइचो लगेको समाजसेवी जयसवालले जानकारी दिनुभयो । रातभर भजन किर्तनका साथै साधु सन्तहरुलाई भण्डारा समेत आयोजना गरिएको छ ।

जिल्लाकै पुरानो मन्दिरको रुपमा स्थापित कर्णेश्वरी मन्दिरमा भक्तीभाव सहित विहान, बेलुका आरती हुने गर्दछ । दशैको अवसरमा विशेष चहलपहल बढेकाले त्यहाको व्यवस्थापन राम्रो गरेको स्थानियले बताएका छन । त्यस्तै कर्णेश्वरी मन्दिरमा भोली विहान हवन पुजा र आरतीको विशेष प्रबन्ध मिलाइएको समाजसेवी विजय जयसवालले बताउनुभयो ।

कर्णेश्वरी मन्दिरमा आएको भक्तजनहरुलाई टोपलाल पोख्रेल, चन्डी तिवारी,  मन्दिरका पुजारी राम नारायण मिश्राले विशेष व्यवस्थापन गरिहेको छन ।

चन्द्रौटाकै दुर्गा मन्दिरमा समेत साझ भक्ती भजन हुने गरेको छ । दुर्गा मन्दिर हरेक दिन साझ स्थानियहरु भजन किर्तन गर्ने गरेको स्थानिय दिपक गैरेले बताउनुभयो । दशै पर्वलाई विशेष बनाउनका लागि सबैले हालेमालो गरी मन्दिरको हेरचाह र सरसफाईमा ध्यान दिएको समजसेवी गैरेले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu