Connect with us
Kapilvast Forest

प्रत्यक्ष तर्फको उम्मेदवार मनोनयन असोज २३ सम्म

२०७९, १८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौँ- प्रतिनिधि सभा र प्रदेश सभाका लागि यहीँ मङ्सिर ४ गते निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष)निर्वाचन तर्फको मनोनयन पत्र दर्ता आश्विन २३ गते आइतबार बिहान १० बजे देखि सॅाझ ५ बजे सम्म मात्र रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सूचना जारी गर्दै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको मनोनयन पत्र समयबारे जानकारी गराएको हो । मनोनयन पत्रसँगै उम्मेदवारहरूले निम्न कागजातहरू संलग्न गर्नुपर्ने आयोगले जानकारी गराएको छ ।
क) उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि
ख) मतदाता नामावलीमा नाम समावेश भएको निस्सा
ग) प्रस्तावक र समर्थकको मतदाता परिचयपत्रको प्रतिलिपि वा मतदाता नामावलीमा नाम रहेको निस्सा
घ) दलको उम्मेदवारको हकमा दफा १८ बमोजिमको औपचारिक पत्र (प्रतिनिधि सभा सदस्य निर्वाचन तथा
प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (७ बमोजिम)
ङ) धरौटी जम्मा गरेको नगदी रसिद वा बैक भौचर
च) स्वघोषणा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९
को अनुसूची (६ बमोजिम)
छ) उम्मेदवारको सम्पत्ति विवरणको सिलबन्दी खाम प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य
निर्वाचन निर्देशिका, २०७४ को अनुसूची(बमोजिम)
ज) उम्मेदवारको वैयक्तिक विवरण फाराम प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (१० बमोजिम)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu