Connect with us
Kapilvast Forest

३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

२०७९, १८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं -नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा आएको पाइएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।

२०७८ असार मसान्तसम्म २५.२३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएको हो । वैदेशिक रोजगार बीमालेखसहितको तथ्यांक जोड्दा भने बीमाको आएको जनसंखया २०७९ असारसम्म ४२.०३ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

२०७८ असार मसान्तसम्म वैदेशिक रोजगार बीमालेखसहित २७.५३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो । एक वर्षमा १ खर्ब ७७ अर्ब प्रिमियम संकलन बीमाको दायरामा आउने जनसंख्यासँगै बीमा प्रिमियम संकलन समेत हरेक वर्ष वृद्धि भइरहेको छ ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा मात्र बीमा कम्पनीहरुले १ खर्ब ७७ अर्ब ५३ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएका छन् ।

यो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६.३ प्रतिशत बढी हो । सो आवमा १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको थियो ।

कुल प्रिमियम संकलन नेपालको कुल गार्हस्थ उत्पादनको ३.७ प्रतिशत हो । यो आवमा नेपालको जीडीपी ४८ खर्ब माथि पुगेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu