वक्ताहरुले भने “खेलले सामाजिक एकता कायम गर्छ”

सनिउल्ला धोबी
कपिलवस्तुको विजयनगर गाउँपालिका ४ शंकरपुरमा पुरुष तथा महिला फुटबल प्रतियोगिता समापन भएको छ । सुनौलो विहान युवा क्लबको आयोजनामा एक हप्ता सम्म चलेको प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको समापन समारोहमा कपिलवस्तु क्षेत्र नं ३(ख) का प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनोडियाले खेलकुदले शरीरिक तन्दुरुस्त बढाउने बताउनु भयो । खेलले एक आपसमा आत्मीयता बढाउन काम गरेको प्रदेश सांसद कनोडियाले वताउनु भयो ।
त्यस्तै पुरुष तथा महिला फुटबल प्रतियोगिता समापन समारोहमा समाजसेवी तथा नेकपा एमाले नेता रजाउ रहमान खाँले खेलको माध्यमले युवाहरुले समाजिक एकता कायम गरेको बताउनु भयो । खेलाडीको मनोबल बढाउनका लागि नेता खाँले अर्थिक सहयोग समेत गरेको बताउनु भयो ।
साथै नेता खाँले शंकरपुर ताल फुटेकाले यसक्षेत्रमा ठूलो क्षती भएको बताउनु भयो । तालको बाधा फुटेकोले आफुलाई धेरै चिन्ता भएकाले तालको बाध निर्माणका लागि आफुले सक्दो सहयोग गर्ने आश्वासन समेत दिनु भयो ।
विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले खेलाडीलको माग अनुसार खेल आयोजना गरेको बताउनु भयो । अध्यक्ष थापाले खेलकुदले गर्दा मानसिक तथा शारीरिक स्वास्थ हुने बताउनु भयो । पुरुष तथा महिला फुटबल प्रतियोगिताको समापन समारोहा कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य प्रकाश राजौरिया, राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष सइद अहमद शाह, एमाले युवा नेता मिर्जा रसिद बेग, कांग्रेस नेता रफिक खान लगायतका नेताहरुको सहभागीता रहेको थियो ।
फुटबल खेलमा पुरुष तर्फ आयोजक र रहटकोट विच भएको खेलमा ५ गोल प्रहर गरि रहटकोट प्रथम स्थान भएको हो । महिला तर्फ आयोजक र गढवाको महिला समुह विच भएको खेलमा गढवा प्रथम भएको आयोजना खिम क्षेत्रीले बताउनु भयो ।

