Connect with us
Kapilvast Forest

जानकी-पालिकामा पराजित, प्रदेशमा विजयी

२०७९, १० मंसिर शनिबारमा प्रकाशित

कपिलवस्तु — विजयनगर गाउँपालिका अध्यक्षमा पराजित जानकीप्रसाद यादव प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनको विजयसँगै जिल्लामा राप्रपाले पहिलो जित निकालेको छ । कपिलवस्तु ३ (२) बाट यादव ६ सय ७५ मतान्तरसहित विजयी भएका हुन् ।

यादवले ८ हजार ५ सय ८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रजाउरहमान खाले ७ हजार ९ सय ७ मत प्राप्त गरेका छन् । कांग्रेसबाट मुख्यमन्त्रीका आकांक्षी वीरेन्द्रकुमार कानोडिया पनि उनीसँग पराजित भएका छन् ।

गत स्थानीय निर्वाचनमा विजयनगरको अध्यक्षमा कांग्रेसले टिकट नदिएपछि उनी जनता समाजवादी पार्टी प्रवेश गरेर निर्वाचन लडेका थिए । उनी अध्यक्षमा ५ सय ४ मतको अन्तरले पराजित भएका थिए । उनले ५ हजार ३ सय ३४ मत ल्याएका थिए । एमालेका गोपालबहादुर थापाले ५ हजार ८ सय ३८ मत ल्याएर विजयी भएका थिए ।

यादव अहिले राप्रपा प्रवेश गरेर प्रदेशसभा सदस्यमा प्रतिस्पर्धा गरेका थिए । यादवले २०७४ मा विजयनगरको अध्यक्ष र प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । दुवै निर्वाचनमा पराजय भएका थिए । ‘निर्वाचनमा धेरै हार ब्यहोरें,’ उनले भने, ‘अहिले भने जनताले मूल्यांकन गरे । अब जनताको विश्वासलाई विकासमा बदल्छु ।’सभार- कान्तिपुर

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu