Connect with us
Kapilvast Forest

प्रत्यक्षकाे अन्तिम परिणाम, दोलखाबाट माओवादीका कार्की विजयी

२०७९, १९ मंसिर सोमबारमा प्रकाशित

काठमाडौं- दोलखाबाट प्रतिनिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की (विश्व)विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३१७ मतान्तरले हराएर कार्की विजयी भएका हुन् ।

कार्कीले ३६ हजार ७९९ मत ल्याए । एमालेका शिवाकोटीले ३६ हजार ४८२ मत ल्याएका छन्।

दोलखामा ८४ हजार ४ सय ४८ मत गणना गरिएकोमा ३ हजार ४७९ मत बदर भएको थियो।

गत शुक्रबारदेखि सुरुभएको मतगणनामा दुई उम्मेदवारबीच अघिपछिको रोचक प्रतिस्पर्धा रहेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu