Connect with us
Kapilvast Forest

हिमाञ्चलमा कांग्रेस अगाडि, भाजपा पछ्याउँदै

२०७९, २२ मंसिर बिहीबारमा प्रकाशित

भारतको हिमाञ्चदल प्रदेशको विधानसभामा कांग्रेसले अग्रता लिएको छ । ६८ सिटको लागि भएको विधानसभा चुनावमा कांग्रेसले ३९ सिटमा अग्रता कायम गरेको छ भने भारतीय जनता पार्टी(बीजेपी)ले पछ्याउँदै २६ सिटमा अग्रता कायम गरेको छ ।

राज्यका ६८ विधानसभा सिटका लागि नोभेम्बर १२ मा चुनाव भएको थियो र करिब ७५.६ प्रतिशत मतदान भएको थियो ।पछिल्लो मतगणना अनुसार भाजपाका मुख्यमन्त्री जयराम ठाकुर आफ्नो निर्वाचन क्षेत्र सेराजबाट करिब २४ हजार मतका साथ अग्रस्थानमा रहेका छन् । उनले ३३ हजार २५६ मत पाउँदा कांग्रेसका उम्मेदवार चेतरामले ८ जार ९५६ मतले मात्र मत ल्याएका छन् ।

यस्तै सिमला ग्रामीणबाट काङ्ग्रेस उम्मेदवार तथा पूर्व मुख्यमन्त्री स्वर्गीय वीरभद्र सिंहका छोरा विक्रमादित्य सिंह कुल १३ हजार ३१९ मतका साथ अगाडि रहेका छन् । p

विक्रमादित्यले ३२ हजार ९७३ मत पाउँदा विजेपीका रवी कुमार मेहताले १९ हजार ६५४ मत ल्‍याएको बीबीसी हिन्दीले जनाएको छ । हिमाञ्चल प्रदेश विधानसभा निर्वाचनको मतगणना बिहीबार बिहान ८ बजेदेखि सुरु भएको थियो । हिमाञ्चल प्रदेशका ५९ स्थानमा ६८ वटा मतगणना कक्ष रहेका छन् ।

यी तीन दलबाहेक बहुजन समाज पार्टी (बसपा), भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी), भारतीय कम्युनिस्ट पार्टी (भाकपा) र राष्ट्रिय देवभूमि पार्टी (आरडीपी) पनि

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu