Connect with us
Kapilvast Forest

सांसदहरुलाई उद्योगी व्यपारीको हितमा काम गर्न माग

२०७९, २२ मंसिर बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी,

कपिलवस्तुको उद्यागी व्यपारीहरुले निर्वाचित सांसदले उद्योगी व्यपारीको हितमा काम गर्न माग गरेका छन । कपिलवस्तुको चन्द्रौटा उद्योग बाणिज्य संघले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा निर्वाचित सांसदहरुलाई उद्योगी व्यपारीहरु मारमा परेको भन्दै सदनमा अवाज उठाइदिन माग गरेका छन ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्यको निर्वाचनबाट विजयी भएका सांसदहरुलाई कपिलवस्तुमा बधाई तथा सम्मान गरि अफनो हितमा बोल्नका लागि माग गरेको चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

चन्द्रौटा उद्योग बाणिज्य संघले कपिलवस्तु क्षेत्र नं ३ बाट प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित मंगल प्रसाद गुप्ता, ३ (१) बाट निर्वाचित अर्जुन कुमार केसी र ३ (२) बाट निर्वाचित जानकी प्रसाद यादवलाई सम्मान गरेको संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

सम्मान कार्यक्रममा बोल्दै सांसद मंगल प्रसाद गुप्ताले समाज विकासका लागि उद्योगी व्यपारीहरुले सहयोग गर्नु पर्ने बताउनुभयो । सम्म्मान तथा बधाई कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य जमशेर अलि मियाले यहाँबाट निर्वाचित सांसदहरुले यस क्षेत्रका उद्योगी व्यपारीहरुको बारेमा सदनमा आवाज उठाउनु पर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो । मंगल प्रसाद गुप्ता र अर्जुन कुमार केसी नेकपा एमालेबाट निर्वाचित हुनुभएको थियो । त्यस्तै जानकी प्रसाद यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित हुनुभएको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu