Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ५२ बर्षपछी लालपुर्जा वितरण

२०७९, २३ मंसिर शुक्रबारमा प्रकाशित

सनिउल्ला धोबी-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं २ का वडावासीले ५२ बर्ष पछी लालपुर्जा पाएका छन । शिवराज वडा नं २ का मदरहवा, ओझवा, बालापुर, हरहटीका १ सय ४८ जनाले डिह ब्लक लालपुर्जा पाएको शिवराज नगरपालिकाको नगर प्रमुख अजय थापाले बताउनुभयो ।

नापी कार्यालय तौलिहवा कपिलवस्तुले २०२७ सालमा नापी गर्दा छुट भएक डिह, ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नगर प्रमुख थापाले बताउनुभयो । साविकको छो भागवानपुर गाउँ विकास समिति अन्तर्गत ७ वटा गाउँ ब्लक नापी सम्पन्न भएपछि कार्यालयले ५२ बर्ष पछी १ सय ४८ जनालाई लालपुर्जा वितरण गरेको उपप्रमुख शिवकुमारी थारुले जानकारी दिनुभयो । गाउँ ब्लक नापी सम्पन्न भई दर्ता भइसकेका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको उपप्रमुख थारुले बताउनुभयो ।

नापी कार्यालय तौलिहवा जान अप्ठ्यारो हुने भएकाले गाउँमै लालपुर्जा वितरण गर्ने व्यवस्था गरिएको शिवराज नगरपालिका वडा नं २ का वडाध्यक्ष राम बहादुर चौधरीले बताउनुभयो । ‘सर्वसाधारणको सहजताका लागि गाउँमै पुगेर पुर्जा बाँडेका हौँ’, वडाअध्यक्ष चौधरीले भन्नुभयो ।
पुर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पुर्जा नहुँदा उनीहरू व्यक्तिगत काम, बैंकबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशबण्डा गर्नबाट वञ्चित हुदै आएका थिए । शिवराज नगरपालिकाले २०७८ को चैत्र २३ गते १ सय ८० जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको थियो ।

नगरको २, ३ र ५ नं वडामा रहेका पाँच गाउँ ब्लकका बासिन्दालाई लालपुर्जा वितरण गरेको जिल्ला नापी कार्यालय कपिलवस्तुका प्रमुख सुवास न्यौपानेले बताउनुभयो । कपिलवस्तुमा २०२६ सालदेखि सुरु भएको गाउँ ब्लक जग्गा २०२८ मा सामान्य नापी भएको थियो । हालसम्म जिल्लाका साबिक ८१ गाविसमा १ हजार ९३ गाउँ ब्लक र ६७ बजार ब्लक छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu