Connect with us
Kapilvast Forest

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेविसङ्घ प्यानल विजयी

२०७९, ६ चैत्र सोमबारमा प्रकाशित

डडेल्धुरा- डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ प्यानसहित विजयी भएको छ । आइतबार राति सम्पन्न मतगणनाअनुसार नेविसङ्घको प्यानल नै विजयी भएको हो ।

५२३ मत खसेकोमा सभापतिमा नेविसङ्घका दुर्गाप्रसाद भट्ट ३१० मत पाउँदै विजयी हुनुभएको छ । सयुक्त गठबन्धनका तर्फबाट नेविसङ्घ बीपीका सभापतिका उम्मेदवार मदन बोहराले १०८ मत पाउनुभयो भने अखिलका गणेश क्षेत्रीले ७० मत प्राप्त गर्नुभयो । १७ मत बदर भएको निर्वाचन अधिकृत भुवनेश्वर पनेरुले बताउनुभयो ।

उहाँका अनुसार सचिवमा पनि नेविसङ्घकै लोकेन्द्र बोहरा कोषाध्यक्षमा देवकी तमोली र सदस्यहरुमा पूजाकुमारी बोगटी महेश्वरी भण्डारी सुरज बिक दीपिका पन्त र राजेन्द्र पाण्डे विजयी हुनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu