Connect with us
Kapilvast Forest

विद्यालयको बजेट कमिसनमा

२०७९, १२ चैत्र आईतवारमा प्रकाशित

हुम्ला- विद्यालय भवन निर्माणका लागि विनियोजन गरिएको बजेट कमिसनमा प्रयोग भएको पाइएको छ। चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत भवन निर्माणका लागि विनियोजन भएको बजेट कमिसनमा प्रयोग भएको पाइएको हो।

विद्यालयबाट रकम नमिलेपछि अध्यक्ष शाहीले अर्का स्थानीय छक्कबहादुर शाहीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरेर गाउँपालिकासँग सम्झौता गरेको जानकारी दिनुभयो। उहाँले तीन लाख रुपियाँ भवन निर्माणको योजना छनोट गर्नका लागि खर्च गर्नु परेको सार्वजनिक रूपमा बताउँदै आउनुभएको छ।

सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँको बालविकास आधारभूत विद्यालयका प्रधानाध्यापक जयदेवी शाहीले आफ्नो विद्यालय भवन निर्माणका लागि आएको बजेट कमिसनमा प्रयोग भएको बताउनुभयो।

उक्त निर्णयमा निमित्त प्रधानाध्यापक छिरिङ पुनर लामा र समितिका सदस्य चमसरा शाहीले हस्ताक्षर गर्नुभएको छैन। वडा नं. ४ की महिला वडा सदस्यसमेत रहनुभएकी चमसरा शाहीले अध्यक्ष लोकराज शाहीले माथि दिनुपर्ने रकममध्ये भाग लागेको रकम माग गरेको तर आफूले नदिएको बताउनुभयो।

उहाँले भवन निर्माणका लागि कुल बजेटमध्ये तीन लाख रुपियाँ कार्यक्रमअन्तर्गत योजना छनोटका लागि सहयोग गर्ने माथिल्लो निकायका व्यक्तिलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकराज शाहीले दिएको जनाउनुभयो।

उहाँले अध्यक्ष शाहीले आफूलाई तीन लाख रुपियाँ विद्यालयको अरू शीर्षकको रुपियाँ मिलाइदिन आग्रह गरेको तर आफूले विद्यालयसँग बजेट नभएको र सो गर्न नसक्ने जनाएको उल्लेख गर्नुभयो।

यसअघि शाहीले समितिमा अर्को रजिस्टर खडा गरी २०७९ साल साउन २२ गते सात लाख रुपियाँ योजना छनोटका लागि सहयोग गर्ने व्यक्तिलाई दिने निर्णयसमेत गरेको पाइएको छ तर पछि तीन लाख मात्र दिनु परेको सदस्यलाई सुनाउनुभएको थियो। सो निर्णयमा अहिले विव्यस सदस्यबाट उठाउने र पछि योजनाको रकमबाट मिलाउने सहमति समितिका सदस्यबीच भएको पाइएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu