Connect with us
Kapilvast Forest

आँखा अस्पतालको ओपिडी शूल्क घटाउने निर्णय

२०८०, ५ बैशाख मंगलवारमा प्रकाशित

कपिलवस्तु- नेपाल नेत्र ज्योती संघ जिल्ला शाखा कपिलवस्तुको छैठौं अबिधेशनबाट निर्वाचित शाखा समितिको पहिलो बैठकले आँखा अस्पतालको ओपिडी शुल्क घटाउने निर्णय गरेको छ । शाखा सभापति मनोज कुमार श्रीवास्तवको सभापतित्वमा सम्पन्न बैठकले संघले सञ्चालन गरेको तौलिहवा आँखा अस्पतालको हाल सम्मको ओपिडी शुल्क १ सय रहेकोमा सो शुल्क घटाएर ८० रुपैया कायम गर्ने निर्णय गरेको हो । त्यसै गरि बैठकले मिथुला उपाध्याय, मिठाईलाल हरिजन, खग प्रसाद चापागाई र कपिलवस्तु नगरपालिकाबाट प्रतिनिधीका रुपमा आएका भएका रुद्र बहादुर गैरे (प्रकाश गैरे) लाई सदस्य मनोनयन गरेको छ । त्यसै गरि समिति बैठकले पदाधिकारीहरु तर्फ उपसभापतिमा रामनिवास चौधरी, सचिवमा जनार्दन पराजुली, कोषाध्यक्ष बिरेन्द्र कुमार वर्मा, सहकोषाध्यक्षमा रिता मिश्रा र सहसचिवमा मुख्तार अहमद खाँलाई चयन गरेको छ । सो अवसरमा बोल्दै निर्वतमान सभापति रमेश शर्माले निर्वाचित समितीले सबै सँग सहकार्य गरि संघ र तौलिहवा आँखा अस्पतालको बिकासमा अगाडी बढ्नु पर्ने सुझाव दिए । नेत्र ज्योती संघ बिशुद्ध परोपकारी सामाजिक संस्था भएकाले परोपकारको भावनाका साथ सामाजिक कार्य गर्न तल्लिन रहने प्रतिबद्धता जनाए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu