Connect with us
Kapilvast Forest

चीन पुगे प्रधानमन्त्री प्रचण्ड, यस्तो छ एक साताको भ्रमण तालिका

२०८०, ६ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साताव्यापी चीन भ्रमणमा हुनुहुन्छ । अमेरिकामा राष्ट्रसंघीय सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड शनिबार चीन पुग्नुभएको हो ।

चीनमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ताको कार्यतालिका छ ।

एक साताको प्रधानमन्त्रीको चीन भ्रमणको तालिका यस्तो छ

शनिबार (आज)

– हङकङ हुँदै बिहान १०:१० मा हान्जाउ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ।

– नेपाली राजदूत र चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीको स्वागत ।

– विमानस्थलमै प्रधानमन्त्रीलाई गार्ड अफ अनर । त्यसपछि टोली होटल प्रस्थान ।

– ११:५० मा राष्ट्रपति सी चिनफिङले दिएको स्वागत समारोहमा सहभागी।

– ४:४० मा उच्चस्तरीय द्वीपक्षीय बैठक सुरु।

– संयुक्त बैठकपछि ५ बजे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग औपचारिक भेटवार्ता । भेटवार्ताका लागि आधा घण्टाको समय निर्धारण ।

– केहीबेर आराम गरेर बेलुका ७:२० मा प्रधानमन्त्री प्रचण्ड १९ औं एसियाली खेलको उद्घाटन समारोहमा सहभागी हुन प्रस्थान ।

– स्टेडियमबाट राति १० बजे हुजिसान रिसोर्ट प्रस्थान ।

आइतबार
– प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ ।

– ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् । विमानस्थलबाट स्टेट गेष्ट हाउसमा प्रस्थान ।

– अपराह्न ४ बजेदेखि ५ बजेसम्म नेपाल(चीन बिजनेस समिटमा प्रधानमन्त्री सहभागी हुनेछन् । उनले त्यहाँ सम्बोधन गर्नेछन् ।

– पौने ६ बजे नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् ।

सोमबार
– ९ बजे ग्रेटहल प्रस्थान । ग्रेटहलमा ९:४५ देखि आधा घण्टा चिनियाँ जनकांग्रेसका अध्यक्ष झाउ लेजीसँग भेटवार्ता ।

– १०:४५ मा प्रधानमन्त्री त्यानआनमेन स्क्वायरमा हुने स्वागत समारोहमा सहभागी हुनेछन् । त्यहाँ उनलाई गार्ड अफ अनर दिइनेछ ।

– १०:५५ मा चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता हुनेछ । भेटवार्तालगत्तै दुवै प्रधानमन्त्रीको उपस्थितिमा केही सहमति सम्झौतामा हस्ताक्षर हुनेछ ।

– १२ बजे प्रधानमन्त्रीले दिएको स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

– १ बजे हुवाइ बेइजिङ ग्रुपमा नेपाली टोली पुग्नेछ ।

– प्रधानमन्त्रीले साढे ५ बजे चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीलाई अन्तरवार्ता दिनेछन् ।

– ६ बजे दा दोङ बेइजिङ डक रेस्टुरेन्टमा पुगेर उनले बेलुकाको खाना खानेछन् ।

मंगलबार
प्रधानमन्त्री प्रचण्डले बिहान ७ बजे माओको शव राखिएको स्थानमा पुगेर दर्शन गर्नेछन् ।

८ बजे बेइजिङबाट चोनकिङ प्रस्थान गर्नेछन् । त्यहाँ एकेडेमी अफ एग्रिकल्चर साइन्सको अवलोकन गर्नेछन् ।

६ बजे चोनकिङका प्रमुख चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य यान लिजुनसँग भेटवार्ता गर्नेछन् । सात बजे यानले दिएको रात्रिभोजमा सहभागी हुनेछन् ।

बुधबार
प्रधानमन्त्रीसहितको टोली ८ बजे तिब्बतको ल्हासाका लागि प्रस्थान गर्नेछ ।

१ बजे ल्हासामा नेपाली वाणिज्य दूतावासको स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन ।

प्रधानमन्त्रीले दिउँसो पोताला दरबारको अवलोकन गर्नेछन् ।

बेलुका ६ बजे चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङ जुनझेङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ ।

बेलुका उनले दिएको रात्रिभोजमा प्रधानमन्त्रीसहितको टोली सहभागी हुनेछ ।

बिहीबार
बिहान ७:३० मा ल्हासाबाट नाग्री घुन्सा विमानस्थलका लागि प्रस्थान । दिउँसो १२ देखि २ बजेसम्म माउन्ट कैलाशको बेसक्याम भ्रमण । कैलाश पर्वतको अवलोकन ।

प्रधानमन्त्री दिउँसो २ बजेपछि मानसरोवर तालको अवलोकनमा जानेछन् ।

शुक्रबार
९:४५ मा अली घुन्सा विमानस्थलबाट प्रधानमन्त्री ल्हासाका लागि प्रस्थान गर्नेछन् ।

१२:४५ ल्हासाबाट उनी फेरि छेंङदुका लागि प्रस्थान गर्नेछन् । ३ बजे प्रधानमन्त्री छेङदु पुग्नेछन् ।

४ बजे प्रधानमन्त्रीले पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रको अवलोकन गर्नेछन् ।

६ बजे सिचुवान प्रान्तका कम्युनिष्ट पार्टी प्रमुख वाङ सीओहुइसँग उनको भेटवार्ता हुनेछ ।

७ बजे वाङले दिएको रात्रिभोजमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

शनिबार
प्रधानमन्त्री बिहान ९:५५ मा छुेङदु विमानस्थलबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

प्रधानमन्त्री बिहान ११ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu