Connect with us
Kapilvast Forest

गणतन्त्रमाथि आक्रमण भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड

२०८०, २० आश्विन शनिबारमा प्रकाशित

prachanda-

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रमाथि आक्रमण भइरहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको उहाँले बताउनुभयो । परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहे उहाँले प्रतिबद्धता जनाउनुभयो । अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन पनि उहाँले आग्रह गर्नुभयो । उहाँले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्र देख्ने परिपाटी रहेको भन्दै यस्तो समस्या समाधान गर्न जरुरी रहेको बताउनुभयो । नेतृत्व भनेको जनताले र इतिहासले आन्दोलन र सङ्घर्षको बिचबाट जन्माउने कुरा भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको छ । त्यसमाथि प्रहार भइरहेको छ । जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो । त्यो अपराध थियो । तपाईँहरूले सुनिरहनुभएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गलत थियो, त्यसलाई उल्ट्याउनुपर्छ भन्नेहरू पनि छन् ।” एकथरी मानिसहरू यो परिवर्तनका वाहकलाई विद्रुपीकरण गर्ने, बदनाम गर्ने काम गरिरहेको उहाँले चर्चा गर्नुभयो । परिवर्तनको रक्षा गर्नेतर्फ क्रान्तिकारीहरू लाग्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले नराम्रा मात्र हामीले देख्न थालेका छौँ । यो के भएको हो ? सोचको समस्या होकी लिडरसिपको समस्या हो ? उहाँले जिज्ञासा गर्नुभयो । लिडरसिप भनेको जनताले र इतिहासले आन्दोलन र सङ्घर्षको बिचबाट जन्माउने कुरा भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले दक्षिणपन्थीहरूले देशमा टाउको उठाउने खतरा अझै बाँकी रहेको बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu