Connect with us
Kapilvast Forest

इलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार

२०८१, १८ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौँ । इलाम २ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ ।

इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका एकीकृत समाजवादीका उम्मेदवार जीत बहादुर राईले ४०८ मत मात्र प्राप्त गरेका छन् । इलाम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला समेत हो ।

उनी यस चुनावका लागि पार्टीबाट चुनावी कमान्डरसमेत तोकिएका थिए । तर चुनावमा जमानत जफत मात्र भएन लज्जास्पद नतिजा समेत आएको छ ।

त्यस्तै यस क्षेत्रमा राजसंस्थाको एजेण्डा लिएर हिडिरहेको राप्रपालाई पनि जनताले अस्वीकार गरेका छन् । राप्रपाबाट उम्मेदवार बनेका लक्ष्मी गुरुङले केवल ४०४ मत मात्र पाएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu