Connect with us
Kapilvast Forest

चुनावका बाचा पुरा गर्दैं : सांसद आर्चाय

२०८१, २८ जेष्ठ सोमबारमा प्रकाशित

कपिलवस्तु-
पुर्व मन्त्री एवं प्रतिनिधी सभा क्षेत्र नं २ का सांसद सुरेन्द्रराज आर्चायले निर्वाचनको वेला जनतामा दिएको बाचाहरु पुरा गर्न लागेका छन् । आर्चायले सांसद विकास कोष मार्फत विभिन्न योजनाहरु अर्थ मन्त्रालय संग माग गरी वजेट विनियोजन गराएका छन ्।

जिल्लाको सदरमुकाम तौलिहवामा रहेको बुद्ध पद्यम माविको खेल मैदान स्तरोन्नती गरी रंगशाला निर्माण गर्नको लागि १ करोड विनियोजना गरेका छन् । त्यस्तै जिल्लाको हिन्दुहरुको आस्थाको रुपमा रहेको रामघाट नदि किनारमा शिवधाम निर्माणको लागि पनि १ करोड बजेट विनियोजन गरेका छन् ।

त्यस्तै यशोधरा गाउंपालिका ५ लोहरौली र वडा नं ६ भैसहियाको सडक निर्मााण्को लागि १ करोड रकम विनियोजन गरेका छन् । उता महाराजगजं नगरपालिकोको वडा नं ८ वडा नं १० जोडेने सिंगराहवा सडकको लागि १ करोड बजेट विनियोजन गरेका छन् ।

उता किसनको सिंचाइको लागि बुद्धभूमी नगरपालिका ६ र १० नं वडामा सिचाइको लागि जसवरिया बाध निर्माणको लागि १ करोड बजेट विनियोजन भएको सांसद आर्चायले बताए ।

त्यस्तै विषयगत मन्त्रालय अन्र्तरगत बरगदा पुन्निहवा सडक, टिक्कर विजगौरी सडक निर्माण लगायतका अन्य क्षेत्रमा पनि क्रमागत रुपमा बजेट विनियोजन भएको आर्चायले बताएका छन्।

Fea

.

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu