Connect with us
Kapilvast Forest

महासंघको अध्यक्ष स्वतः हुने प्रावधान संशोधन भयो: केन्द्रिय सदस्य मिया

२०८१, २५ असार सोमबारमा प्रकाशित

jamsher ali

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर त्यस्तो व्यवस्था गरिएको हो ।

महासंघ कार्यसमितिको आज बसेको सातौ बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको केन्द्रीय सदस्य जमशेर अली मियाले जानकारी दिनुभयो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले सर्वसम्मत रूपमा विधान पारित गरेको र अबदेखि अध्यक्ष निर्वाचनबाट चयन हुने केन्द्रिय सदस्यीय जमसेर मियाले जानकारी दिनुभयो ।

यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को कार्यकालपछि लागू हुने बताइएको उहाले बताउनु भयो ।

संशोधित विधानमा दुईजना वरिष्ठ उपाध्यक्ष र थप एकजना महिला उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।

संशोधित विधान आगामी मङ्सिर मसान्तभित्र महासङ्घको विशेष साधारणसभाले पारित गर्ने केन्द्रीय सदस्य जमशेर अली मियाले जानकारी दिनुभयो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu