Connect with us
Kapilvast Forest

कारागारमा कैदीबन्दीको अत्यधिक चाप

२०८१, ३० श्रावण बुधबारमा प्रकाशित

पछिल्लो समय मुलुकमा अपराधका घटना बढेसँगै देशभरका मुख्य सहर र आसपासका कारागारमा कैदीबन्दीको चाप अत्यधिक छ । खाना खाने, सुत्ने, नुहाउने तथा शौचालय जस्ता न्यूनतम सुविधा लिनसमेत कैदीबन्दी लइनमा बसेर कुर्नुपर्ने अवस्था छ ।

कैदीबन्दीको बढ्दो चापको अनुपातमा कारागारको क्षमता वृद्धिमा भने राज्यको खासै ध्यान पुग्न सकेको छैन । राणाकालीन समयमा स्थापना भएको काठमाडौँको सुन्धारास्थित जगन्नाथ देवल (केन्द्रीय कारागार), डिल्लीबजार कारागार, मकवानपुरको भीमफेदी कारागार, ललितपुरको नक्खु कारागार, सुनसरीको झुम्का कारागारलाई समय अनुकूल थप विस्तार हुन सकेका छैनन् । जीर्ण भवन र कैदीको चापका कारण यी कारागारको सुरक्षा र आन्तरिक व्यवस्थापनसमेत जटिल बन्दै गएको छ ।

पछिल्लो १० वर्षमा कैदीबन्दी तथा थुनुवाको सङ्ख्या झन्डै दोब्बर हुँदा नयाँ कारागारको क्षमता वृद्धि निकै कम छ । कारागार व्यवस्था विभागको तथ्याङ्क अनुसार २०६६ असार मसान्तसम्म कैदीबन्दीको सङ्ख्या ११ हजार पाँच सय रहेको थियो । यो सङ्ख्या २०७३ सालमा बढेर १७ हजार ५४९ पुगेको पुगेको थियो । कारागार व्यवस्थापन विभागका अनुसार २०६६ मा साढे एघार सय कैदीबन्दी रहेकामा २०७४ मा १७ हजार ८५३ र २०८१ असार मसान्तसम्म २८ हजार ६१३ जना पुगेको छ ।

पछिल्लो सात वर्षमा कैदीबन्दीको सङ्ख्या ११ हजार ६४ ले वृद्धि हुँदा कारागारको क्षमता भने जम्मा तीन हजारले मात्र वृद्धि भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu