जसपाका नेताहरु स्वास्थ्य सामाग्री हस्तान्तरण अभियानमा
न्युज सेन्टर नेपाल:– असोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सामाजिक अभियान स्वरुप स्वास्थ्य सामग्री हस्तान्तरण अभियानलाई तीव्रता दिएको छ।
जसपाका नेताहरू विभिन्न अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दैछन्, जसले नागरिकहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ।
जसपा पार्टीका केन्द्रिय महासचिव मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेश संयोजक महेन्द्र कुमार यादव, र कपिलवस्तु संयोजक इरफान खानको टोलीले यो अभियानलाई सफलतापूर्वक अघि बढाएका छन्।
यस अभियानले जसपालाई सामाजिक उत्तरदायित्व निर्वाहमा अग्रसर रहेको देखाएको छ, जसको नागरिकहरूले खुलेर प्रशंसा गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पदमा रहँदा जसपा सांसद प्रदीप यादवले शुरू गरेको यो अभियानलाई निरन्तरता दिँदै, जसपाले कलैया बारास्थित स्वास्थ्य सेवा उपकरण महाशाखाबाट लुम्बिनी प्रादेशिक अस्पताल, बुटवललाई ४ करोड ३८ लाख ९३ हजार ५ सय १६ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
जसपा महासचिव मोहम्मद इस्तियाक राईले यसबारे जानकारी दिँदै, “हाम्रो पार्टीका मन्त्रीका रूपमा यो अभियान सुरु गरेका थियौं, र अहिले पनि यसलाई निरन्तरता दिइरहेका छौं,” भने।
कपिलवस्तुका जिल्ला अध्यक्ष तथा युवानेता इरफान खानले प्रादेशिक अस्पताल, बुटवलमा इलेक्ट्रो सर्जिकल युनिट, इन्टेग्रेटेड बायोकेमेस्ट्री इम्युनोसेरी एनालाइजर, र सिटिसी मेसिन हस्तान्तरण गरेको बताए।
साथै, बुधबार कपिलवस्तु जिल्ला अस्पतालमा १ करोड ६ लाख २८ हजार ९९४ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको पनि उनले जानकारी दिए।
प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिरञ्जीवीले स्वास्थ्य सामग्री हस्तान्तरणका लागि पहल गर्ने सम्पूर्ण टोलीलाई धन्यवाद व्यक्त गरेका छन्। जसपाको यस प्रयासलाई नागरिकहरू र स्वास्थ्यकर्मीहरूले उच्च सम्मान गरेका छन्।