नेपाल हज समितिको प्रवक्तामा युवानेता रासिद नियुक्त
कपिलवस्तु– नेपाल हज समितिले कपिलवस्तुका युवा नेता मिर्जा रासिद बेगलाई प्रवक्ता पदमा नियुक्त गरेको छ।
हज समितिका सदस्य रहेका मिर्जालाई एक प्रेस विज्ञप्ति जारी गर्दै समितिका गतिविधिहरू र तिनका कार्यक्षेत्रको औपचारिक जानकारी दिनका लागि प्रवक्ताको जिम्मेवारी दिइएको अध्यक्ष इश्रा मुल्ला मियाँले जानकारी दिनुभएको छ।
समितिका अध्यक्ष इश्रा मुल्ला मियाँद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा मिर्जा रासिद बेगलाई समितिको प्रवक्ताको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा हज समितिका गतिविधिहरूलाई व्यवस्थित रूपमा सञ्चार माध्यममार्फत जनसमक्ष ल्याउनका लागि प्रवक्ता नियुक्त गर्नु आवश्यक रहेको समितिले जनाइएको छ।
समितिले आम सञ्चार माध्यम र जनसमुदायलाई हजसम्बन्धी गतिविधिहरूको औपचारिक जानकारी पाउनका लागि मिर्जा रासिद बेगलाई सम्पर्क गर्न आग्रह गरेको छ। साथै, हज समितिले आफ्नो गतिविधिसम्बन्धी थप जानकारी सार्वजनिक गर्न प्रतिबद्ध रहेको जनाएको छ ।