Connect with us
Gautam Buddha community forest

यात्रा

यो हो विश्वको सर्वाधिक लामो यात्रुवाहक उडान, सिड्नीमा अवतरण

सिड्नी– करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ । यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ ।

क्वान्टासको फ्लाइट नम्बर क्यूएफ ७८७९ को विमानलाई न्यूयोर्कबाट सिड्नी पुग्न १९ घण्टा १६ मिनेट लागेको थियो । अस्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टासले यसअघि लन्डनदेखि सिड्नीको सिधा उडान पनि परीक्षण गरिसकेको छ । क्वान्टासले पछिल्लो समय संयुक्तराज्य अमेरिका र बेलायतबाट सिधा उडान गर्ने महत्वाकाँक्षी योजना अघि सारेको छ ।

न्यूयोर्कबाट सिड्नीको पहिलो उडानमा ४९ जना मात्र यात्रु थिए । यो विमानले तेल पुनः भरण नगरी १६ हजार किलोमिटरभन्दा बढीको यात्रा तय गरेको थियो । क्वान्टासका प्रमुख कार्यकारी अधिकृत अलान जोयसले यो उडान हवाई कम्पनी र विश्व हवाई यात्राका दृष्टिले निकै ऐतिहासिक क्षण रहेको बताए ।

लामो दूरीको यात्रामा जेटल्याग (बिरामीपन) हुने खतरा कम गर्न क्वान्टासले दुई वटा अस्ट्रेलियाली विश्वविद्यालयसँग मिलेर अध्ययन गरिरहेको छ । यात्रुहरुले अस्ट्रेलियाली आकाशतर्फ आइपुग्दा आफ्नो घडीमा सिड्नीको समय मिलाएका र खानेकुरा पनि अस्ट्रेलियाली लिएको विमान कम्पनीले जनाएको छ ।

क्वान्टासले गत वर्ष अस्ट्रेलियाको पर्थबाट लन्डनको सिधा उडान शुरु गरेको थियो । यो उडान करिब १७ घण्टाको छ, र विश्वमै लामो दूरीको उडानमध्ये यो एक हो । –एएफपी/Photo: AFP

Advertisement Shivaraj
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

समाचार

समाचार10 hours ago

कृष्णनगर नगरपालिका द्वारा पुल निर्माण मा तिब्रता स्थानीय खुसी

अजय मिश्र,कृष्णनगर मंसिर २९। कृष्णनगर नगरपालिकाका प्रत्येक गाउंलाई नगरकेन्द्रसंग जोड्ने उद्देश्यले धमाधम पुल तथा निर्माण कार्य भईरहेको छ । हिजो...

अपराध13 hours ago

पन्ध्र वर्षपछि हत्यारा पक्राउ

नुवाकोट– नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान...

राजनीति13 hours ago

देउवा र पौडेलको बहिस्कारका बीच काँग्रेस बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा नेता रामचन्द्र पौडेल र कृष्ण...

समाचार13 hours ago

तीनवटा देशबाट ल्याइने औषधी डब्लुएचओ सर्टिफाइड नभएको भन्दै सांसदहरुको आपत्ति

काठमाडौं । सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा...