Connect with us
Gautam Buddha community forest

राजनीति

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपण गर्न अब अमेरिका जाने

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ ।

यसनिम्ति उहाँकी निजी चिकित्सक डा. दिव्यासिंह शाह आवश्यक कागजातसहित २४ गते आइतबार टर्किस एयरको २ः४० को उडानबाट अमेरीका पुगेर परामर्शमा जुट्नुभएको छ ।

विदेश मामिला सल्लाहकार डा।राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लाग्नु भएपनि दुवैको उद्देश्य प्रमको स्वास्थबारे परामर्श गर्नु नै भएको बालुवाटारस्रोतले जनाएको छ ।

मिर्गौला प्रत्यारोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई छेउमा अर्को राख्न सकिने उपचारबारे पनि सल्लाह भइरहको बताइन्छ ।

पुँजी विकास बचत तथा सहकारी, न्युरोडका अध्यक्ष तथा नेकपा कार्यकर्ता श्याम श्रेष्ठ पुरानो घर सिन्धुपाल्चोक० ले आठ बर्षअधि दिल्लीको मेदान्त अस्पतालमा प्रत्यारोपण गराएपछि उहाँको शरीरमा चार वटा किड्नी छन् ।

सिंगापुरमा मिर्गौला पत्यारोपणसम्बन्धी कानुनी जटिलता रहकेो कारण त्यताको विकल्प अब टरेको बताइन्छ । प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपणका लागि कि बैकंक, कि दिल्ली नै जानुपर्ने अवस्ता छ ।

अगष्ट ३१ तारिखमा नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको , स्वास्थसम्बन्धी विवरण पनि उतै भएको कारण देखाउदै व्यवस्था मिलाउन्छौ ’ भनी आफ्ना प्रधानमन्त्रीको सन्दैश सुनाएका थिए ।

अधिल्लो महिना नेपाल आएका राष्ट्रपति सि चिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचार गराउन स्वागतको लागि तयार रहेको बताएको स्रोतको दाबी छ । तर, सबै कुराको विचार गर्दा अमेरिका नै सर्वोउत्कृष्ट विकल्प हुने ठानिएको हो ।

नेकपाको एकिकरणमा पोटिल व्युरो गठनबाहेकका सबै काम टुङग्याएर उपचारका निम्ती बाहिर जाने तयारी चल्नु अस्वभाविक पनि हैन । यसनिम्ति सरकार पार्टीका कार्यभारको मात्रै ख्याल गर्नुपर्ने छ ।आजको जना आस्था साप्ताहिकमा समाचार छ ।

समाचार

समाचार10 hours ago

कृष्णनगर नगरपालिका द्वारा पुल निर्माण मा तिब्रता स्थानीय खुसी

अजय मिश्र,कृष्णनगर मंसिर २९। कृष्णनगर नगरपालिकाका प्रत्येक गाउंलाई नगरकेन्द्रसंग जोड्ने उद्देश्यले धमाधम पुल तथा निर्माण कार्य भईरहेको छ । हिजो...

अपराध13 hours ago

पन्ध्र वर्षपछि हत्यारा पक्राउ

नुवाकोट– नेपाल प्रहरीले १५ वर्षअगाडि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान...

राजनीति13 hours ago

देउवा र पौडेलको बहिस्कारका बीच काँग्रेस बैठक सुरु

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा नेता रामचन्द्र पौडेल र कृष्ण...

समाचार13 hours ago

तीनवटा देशबाट ल्याइने औषधी डब्लुएचओ सर्टिफाइड नभएको भन्दै सांसदहरुको आपत्ति

काठमाडौं । सांसदहरुले चीन, इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका औषधी तथा खोपहरु डब्लुएचओ सर्टिफाइड नभएको बताएका छन् । संघीय संसद प्रतिनिधिसभा...